शनिबार, फाल्गुन १५ २०७७

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छ : एमिकस क्युरीका सदस्य मैनाली


  • नेपालदीप
  • बुधबार, फाल्गुन ५ २०७७
1.3K
SHARES

काठमाडौं। वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएको तर्क गरेका छन् । उनले आज प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरीका तर्फबाट राय पेस गर्दै संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटन गर्ने अधिकार बहुमत प्राप्त प्रधानमन्त्रीलाई भएको तर्क गरेका हुन् ।

उनले भने, ‘संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमत प्राप्त प्रधानमन्त्रीलाई पनि छ ।’

त्यस्तै उनले सरकार गठन गर्न कुनै पार्टी तयार नभएको अवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने तर्क गरे ।

उनले भने, ‘पार्टीभित्र जन्जाल र समस्या उत्पन्न भएमा सरकारको काममा बाधा नपार्न संसद् विघटन गर्ने हो ।’

मैनालीले बेलायतलगायतका देशमा पनि प्रधानमन्त्रीले संसद् विघटन गर्ने उदाहरण दिएका छन्  ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट