
काठमाडौँ। मौमस पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले अहिले (शुक्रबार बिहान) प्रदेश १ र २ सहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेक अन्य स्थानमा मौसम सामान्यतया सफा छ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो पहाडी भेगका एक दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना छ।
‘भोलिदेखि भने केही दिनलाई मौसम सफा हुने सम्भावना देखिएको छ,’ मौसमविद् मानन्धरले भनिन्।मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजसमेमत तीन दिनसम्मको मौसम अनुमान यस्तो छ :
शुक्रबार (आज)
दिउँसो : प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राती : प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
शनिबार
दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार
दिउँसो स् देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।