शनिबार, फाल्गुन १५ २०७७

फिफाको नयाँ वरीयतामा नेपाल पुरानै स्थानमा यथावत्


  • नेपालदीप
  • शुक्रबार, फाल्गुन ७ २०७७
817
SHARES

काठमाडौं। नेपाल फिफा वरीयतामा पुरानै स्थानमा यथावत् रहेको छ।

फिफाले बिहिबार जारी गरेको वरीयताको नयाँ सूचीमा नेपाल पुरानै १ सय १७ औं स्थानमा छ। वरीयताको शीर्ष स्थानमा युरोपेली देश बेल्जियम नै छ भने दोस्रो स्थानमा पनि फ्रान्स नै छ। नयाँ सूचीमा सुरुका ३२ औं स्थानसम्म कसैको स्थान तलमाथि भएको छैन।

त्यस्तै दक्षिण एसियाको वरीयतामा श्रीलंका सबैभन्दा पुछारमा अर्थात् २ सय ६ स्थानमा यथावत् छ। त्यसैगरी पाकिस्तान २ सय औं स्थानमा यथावत् भुटान १८९ औं स्थानमै छ भने बंगलादेश पनि १८६ औं स्थानमै छ।

माल्दिभ्स १५५ औं स्थानमै रहँदा अफगानिस्तान १५० औं स्थानमा छ। भारत पनि १०४ औं स्थानमा छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट