शनिबार, फाल्गुन १५ २०७७

संसद् विघटनविरुद्ध मुद्दाको बहस सकियो,१० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीशको आग्रह


  • नेपालदीप
  • शुक्रबार, फाल्गुन ७ २०७७
1.1K
SHARES

काठमाडौं।सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध मुद्दाको बहस सकिएको छ ।

शुक्रबार एमिकस क्युरी वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।

एमिकस क्युरीका पाँच जना सदस्यमध्ये बिहीवारसम्म बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले राय दिएका थिए । एमिकस क्युरीका कार्की, खरेल र शाक्यले प्रतिनिधि सभा विघटनलाई गलत भनेका छन् भने मैनालीले प्रतिनिधि सभा विघटनको बचाउ गरेका थिए  ।

संवैधानिक इजलासको नेतृत्व गरिरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेसम्म बहस नोट दिन आग्रह गरेका छन् ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गरेका थिए  । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट