सोमबार, फाल्गुन १७ २०७७

अब बर्षेनी १० हजार जना शान्ति सेनामा जान पाउने, पैदल फौजले प्राथमिकता पाउने


  • नेपालदीप
  • आइतबार, फाल्गुन ९ २०७७
9.4K
SHARES

काठमाडौँ। नेपाली सेनाले संयुक्त राष्ट्रसंघअन्तर्गतको शान्ति स्थापनार्थ मिसनमा वर्षेनी १० हजार सैनिक पठाउने गरि आन्तरिक तयारी गरिरहेको छ। राष्ट्रसंघसँग सम्झौता गरिसकेको सेनाले त्यसै अनुरुप आन्तरिक तयारी अन्तिम चरणमा पुऱ्याएको हो।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने, ‘अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजार एक सय २९ सुरक्षाकर्मी खटिएका छन् । अब यो संख्या १० हजारसम्म बढाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको छ। यसका लागि युएनसँग सम्झौतासमेत भइसकेको छ ।’

शान्ति मिसनमा एकैपटक १० हजार सुरक्षाकर्मी खटाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको जानकारी दिए । मिसनमा योगदान गर्ने मुलुकमध्ये अहिले नेपाल चौथो स्थानमा छ। पौडेलका अनुसार सम्झौता कार्यान्वयनमा आएसंगै शान्ति मिसनमा सेना खटाउने विश्वका विभिन्न मुलुकमध्ये नेपाल पहिलो नम्बरमा आउने छ।

‘यदि यो सम्झौता पूर्ण तवरले कार्यान्वयनमा आए शान्ति मिसनमा योगदान गर्ने मुलुकमध्ये नेपालको स्थान पहिलो नम्बरमा आउँछ,’ उनले भने।

शान्ति सेना छनोट कार्यविधि २०७२ आएपछि सुरक्षित गरिएका सम्पूर्ण कोटा प्रणाली खारेज गरिएको छ। जसले गर्दा शान्ति सेनामा जाने साधरण सेवातर्फको सिट संख्या बढेको हो। मिसनमा छनोट गर्दा विगतमा रथीका लागि तीन, उपरथीका लागि दुई र सहायक रथीका लागि एउटा विशेष कोटा सुरक्षित हुने गरे पनि अब त्यो नहुने पौडेलले जानकारी दिए । त्यस्तै, अवकाशप्राप्ततर्फ प्रधानसेनापतिका लागि दुई, रथी, उपरथी र सहायक रथीका एक÷एक कोटा सुरक्षित राखिएका हुन्थे ।

सैनिक प्रवक्ता पौडेलले कोटा प्रणाली खारेजीपछि साधारणतर्फका पैदल फौजको शान्ति मिसनमा जाने पालो चाँडो आएको बताए । ‘सेनामा पैदल फौजको संख्या धेरै छ । कोटा प्रणाली हुँदा उनीहरूको पालो १४ वर्षसम्म पनि आउँदैनथ्यो । विशेष फौजअन्तर्गतका सैनिक सेवा सुरु गरेको ६ वर्षमै शान्ति मिसन जाने सक्ने व्यवस्था हुँदा मिसनको सन्तुलन नै बिग्रन सक्ने देखियो,’ उनले भने, ‘त्यसैले यस्तो व्यवस्था संशोधन गरी सबै खालका कोटा खारेजी गरिएका छन् । यसको प्रत्यक्ष लाभ पैदल फौजले लिने मौका पाए । यो निर्णयले नेपाली सेनामा उत्साह ल्याएको छ ।’

नागरिक आन्दोलनको निशानामा सेना, संग्रौलाले भने- टुँडिखेलबाट सेना पन्छिएन भने लखेटिनेछ

सैनिक नियमावली राजपत्रमा प्रकाशित, सेनामा कार्यरतहरुले गरे प्रधानसेनापतिको प्रशंसा

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट