शनिबार, फाल्गुन १५ २०७७

धर्म र राज्य- १


  • नेपालदीप
  • आइतबार, फाल्गुन ९ २०७७
1.6K
SHARES

 

धर्मसम्मत् वा धर्मप्रधान भएका र धर्मसंग अलग वा धर्म निरपेक्ष रहेका समाज र राष्ट्रमा समेत धार्मिकताको विषय आज पर्यन्त अत्यन्त जटिल प्रश्न बनेर रहिआएको पाइन्छ । आफ्नो स्थापनाको ऐतिहासिक कालदेखि नै विशेष गरी इसाई र इस्लाम धर्मले राज्य र सत्ताको संरक्षणमा विस्तारको मुहिम चलाएको हुनाले तिनलाई ‘मिशनरी’ र ‘प्रोज्लिटाइजेशन’ का धर्मको रुपमा चिनियो।

‘धार्यते इति धर्म’ अर्थात ‘धारण गरिएको गुण नै धर्म हो’ संस्कृतको एउटा उक्ति भन्छ। भावार्थमा निहित गुण नै धर्म हो, प्रकृति हो।
अक्सर धर्मको कुरा यो धर्म निजी, सामूहिक, राजनैतिक वा राजकीय विषय के हो भन्ने विवादले नै यसका बारेमा उठ्न सक्ने धेरै जसो मत विभाजनको सीमांकन गर्न सक्छ।

यदि, धर्म नितान्त वैयक्तिक विषय हो भने यो व्यक्तिले मान्नु वा नमान्नुमा सीमित हुन्छ र त्यसले धेरै विवाद ल्याउँदैन। कुनै व्यक्ति कुनै पनि धर्म मान्न वा नमान्न स्वतन्त्र रहन्छ भन्ने सहज सोचलाई स्वीकार्ने यस खालको विचारको परिधि समेटिन्छ धर्मजनित अधिकांश विवाद र कलहहरूको शुरूवात हुनबाट रोकिन्छ। तर, विश्व इतिहास नियाल्दा आधुनिक धर्महरु तिनका अनुयायीहरुको फैलाव अनि प्रचार उत्कण्ठाको मामिलालाई लिएर संसार यति धेरै सहज र शान्त नभएको पाइन्छ। त्यसैले वर्तमानसम्मको विश्व इतिहासमा धर्मलाई लिएर लडिएका लडाइँहरूमा जति मानव रगत बगेको छ त्यति सायदै कुनै अर्को विषयलाई लिएर बगेको होला ।

अधिकांशत:, धर्मले व्यक्तिलाई स्वतन्त्र हुन छूट दिँदैनन् किनभने धर्मसंग प्रथा, संस्कार, परम्परा, कर्तव्य-अकर्तव्य अनि समाज र राज्य पनि जोडिएर संगसंगै आउने गर्छन् ।

यही कारण हो , धर्मसम्मत् वा धर्मप्रधान भएका र धर्मसंग अलग वा धर्म निरपेक्ष रहेका समाज र राष्ट्रमा समेत धार्मिकताको विषय आज पर्यन्त अत्यन्त जटिल प्रश्न बनेर रहिआएको पाइन्छ । आफ्नो स्थापनाको ऐतिहासिक कालदेखि नै विशेष गरी इसाई र इस्लाम धर्मले राज्य र सत्ताको संरक्षणमा विस्तारको मुहिम चलाएको हुनाले तिनलाई ‘मिशनरी’ र ‘प्रोज्लिटाइजेशन’ का धर्मको रुपमा चिनियो। प्रायस: इतिहासका ती मुलुकहरूमा धर्म र राजनीतिको मीयो एकै ठाउँमा हुने गर्थ्यो । त्यति बेलाका देशहरूमा, चर्च, पोप, मुफ्ती, र मुल्लाहहरूले शासन चलाएको पनि पाइन्छ भने राज्यसत्ता र धार्मिक सत्ताबीच मनोमालिन्य, संघर्ष र युद्धहरू निरन्तर उत्कर्षमा पनि पुगेका हुन्थे, राजनितिक सत्त्ता धार्मिक बरिष्ठताको झगडामा अनेकौँ रक्तरंजित घटना घटित हुन्थे । सत्ता श्रेष्ठताका अनगिन्ति द्वन्दका घटनाहरू इतिहासमा पढ्न पाइन्छ । यसो हुनुको धार्मिक आधार पनि छ ।

**************************************************************************

आदिब्रह्ममा विश्वास गर्ने हिन्दू, बुद्ध , शिख, जैन र अन्य भारतीय उपमहाद्वीपीय धर्म वा मतहरू । यी धर्महरूले मानिस जन्मसिद्ध आफ्नो धर्ममा जन्मिन्छन् भन्ने मान्ने हुँदा यहाँ धर्मान्तरण कहिलै प्राथामिकतामा थिएन। तर, धार्मिक विद्वानहरू बीच शास्त्रार्थ भए पछि पराजितले विजेताको विश्वासमा दिक्षित हुनुपर्ने र विजेता शाषकले पराजितहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष आफ्नो परम्परा र धर्मप्रति सम्मान र भक्ति दर्शाउन उर्दी लगाएका ऐतिहासिक सन्दर्भ पाइन्छन् ।

आदिकालदेखि वर्तमान संसारसम्म आइपुग्दा, संसारमा धर्म नमान्ने अनिश्वरवादी non-believers ; नास्तिक atheist ; धर्मका बारेमा जानकारी छैन भन्ने agnostic ; प्रकृतिका घटकलाई पूज्ने animist ; अनि लामा, धामी, झांक्री मान्ने shamanist/animist ; पितृ पूज्ने Ancestors worshippers सम्प्रदायहरू , पंथ cults र असंख्य कबिला tribal जीवन शैलिका अनुयायीहरूको संख्या पनि करोडौँमा पुग्छ । उता B’ahai र scientology, Interfaith जस्ता आधुनिक चर्च र धर्म जस्ता देखिने-सुनिने मतहरू पनि अस्तित्वमा छन् । तर पनि संसारमा हाल अस्तित्वरत मुख्य धर्महरूलाई तिनको उत्पत्ति, प्रभाव र प्रकारका आधारमा मुख्य ३ वटा समूहमा बिभाजन गरेर हेर्न सकिन्छ ।

(१) Brahmic / Indian Religions: आदिब्रह्ममा विश्वास गर्ने हिन्दू, बुद्ध , शिख, जैन र अन्य भारतीय उपमहाद्वीपीय धर्म वा मतहरू । यी धर्महरूले मानिस जन्मसिद्ध आफ्नो धर्ममा जन्मिन्छन् भन्ने मान्ने हुँदा यहाँ धर्मान्तरण कहिलै प्राथामिकतामा थिएन। तर, धार्मिक विद्वानहरू बीच शास्त्रार्थ भए पछि पराजितले विजेताको विश्वासमा दिक्षित हुनुपर्ने र विजेता शाषकले पराजितहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष आफ्नो परम्परा र धर्मप्रति सम्मान र भक्ति दर्शाउन उर्दी लगाएका ऐतिहासिक सन्दर्भ पाइन्छन् ।

(२) Folk or East Asian Religions: प्रकृति, आत्मा र पितृपूजक वा अवतारी लामा धर्महरू । यी परम्परावादी धर्महरूको प्राथामिकता संस्कार र रूढीको मान्यतालाई मान्ने भएको हुँदा यहाँ सगठित धर्म प्रचार र धर्मान्तरण कहिलै आवश्य नै ठानिएन ।

(३) Abrahamic Religions: मितकीय पुरूष अब्राहमलाई (Abraham) आदि पिता मानेर तिनका सन्ततिले संसारको उत्तराधिकारी हुने अधिकार परमेश्वरबाट प्रत्याभूतिको रूपमा पाएका हुन् भन्ने विश्वास गर्ने धार्मिक मत जसमा यहुदी, इशाई (क्रिश्चियनिटी) र इश्लाम (मुसलमान) धर्महरू पर्छन्। यी ३ धर्मलाई सेमेटिक (Semitic) धर्महरू पनि भन्ने गरिन्छ । मुसलमानहरूले आँफू अब्राहम र उनकी सुसारे ह्यागरबाट (Hagar) जन्मेको जेठो सन्तान ‘इस्माईल’का (Ishmael) सन्तति भएको र इसाईहरूले आँफूहरू अब्राहम र उनकी श्रीमती साराको (Sarah) वैध सन्तान ‘आइज्याक’का (Isaac) सन्तति भएको हुँदा, परमेश्वरको भविष्यवणी अनुसार यो संसारका सच्चा उत्तराधिकारी उनीहरू आँफू मात्र भएको दावा गर्छन् । उता मुसलामानहरूले पनि त्यही दावा गर्ने गर्छन् । यही कारणले, धर्म विस्तार अथवा धार्मिक विस्तारवादको चाहना राख्ने आधुनिक संसारका यी २ धर्म Abrahamic Religion का दाजु-भाइ Christianity र Islam नै हुन् । आदि पिता अब्राहमलाई मान्ने सबैभन्दा पुरानो धर्म यहुदी Judaism (Jewish Religion) ले धर्म विस्तार र प्रचारलाई प्राथामिकतामा राख्दैन । तर अब्राहमिक धर्म परिवारका आधुनिका संसारका सबैभन्दा ठूला २ धर्म इसाई र इश्लाम धर्म आफ्नो प्रचार (proselytize ) र धर्मान्तरण ( conversion ) लाई सबैभन्दा महत्व दिने र सो कामका लागि सबैभन्दा बढी लागिपरेका धर्म हुन् । त्यही अहमका लगि सबैभन्दा ठूला धार्मिक युद्धहरू पनि यिनै दुई धर्मले लडेका छन्।

आधुनिक इश्लामका संस्थापक साउदी अरबको मक्कामा सन् ५७० मा जन्मेका मुहम्मद थिए । उनी अनुयायीका विश्वास अनुसार ‘अल्लाह’ का एक मात्र ‘पैगम्बर’ ( prophet of God ) थिए । इश्लामले आँफू बाहेक अरू सबै धार्मिक मत अधर्म हुन् भन्छ । इश्लाम अनुसार प्रतेक मान्छे जन्मँदा मुसलमान हुन्छ तर , उसका मातापिता, अभिभावक र समाजले उक्त वालक वा वालिकालाई इश्लामबाट पथभ्रष्ट पार्न सक्छन् । अत: उसलाई , इश्लाम कबूल गराएर ‘वापस ल्याउनु’ वा प्रत्यावर्तन गर्नु पर्छ भनेर इश्लामले आफ्ना अनुयायीहरूलाई सिकाउँछ । त्यसैले मुसलमानहरू कुनै मानिसलाई धर्मान्तरण गरेर आफ्नो धर्ममा ल्याउने कार्यलाई ( conversion) भन्दैनन् बरू यस खालको व्यक्तिलाई Revert र यो प्रकृयालई Reversion हो भन्ने बुझ्छन् । यो कार्य गर्नु कुनै पनि मुसलमानका लागि अल्लाहप्रतिको अत्युत्तम सेवा हो । इश्लाम संख्याका आधारमा अहिलेको संसारको सबैभन्दा दोस्रो ठूलो धर्म बन्न पुगेको छ । इश्लाम कति जुझारू र लडाकू छ देखिएको पनि छ । इश्लाम भित्र सुन्नी, सिया, मोहम्मदन, आदि सम्प्रदायहरू छन् भने हनाफी, हनाबी, इबादी र वहाबी जस्ता उप-सम्प्रदाय पनि । साउदी अरब र यत्रतत्र देखिँदै आएको Wahabi अनुयायीहरू बढी कट्टरताका पक्षधर हुन् ।

इसाई धर्ममा पनि रोमन क्याथोलिसिज्म (Roman Catholicism) , प्रोटेस्टेण्ट (Protestant), प्रोटेस्टेण्ट भित्रका लुथरान (Lutheran)  मतहरू, एङ्लिकन चर्च (Anglican Church) अर्थोडक्स चर्चहरु (Orthodox Churches like the Russian Orthodox, Greek Orthodox), मोर्मन चर्च (Mormon Church) र पछिल्ला येहोबाज विट्नेस (Jehova’s Witness)   आदि हाँगाहरूमा बिभक्त भएपनि, समग्र इसाई धर्मले आफ्नो धर्ममा नरहेका मानिसहरू ईश्वरको अनुग्रह प्राप्त गर्न नसक्ने पापीहरू भएकाले तिनीहरूको उद्धार र पापमोचनका लागि सच्चा इसाईको रूपमा धर्मान्तरण अनिवार्य छ भन्छ। त्यसैले, इसाई मतले,”जाऊ, सबै अरू धर्मको मिथ्यामा रमाएका अधर्मीहरूलाई तिम्रो धर्मको आलोक देखाएर धर्मान्तरण गराऊ” भन्दै आफ्ना अनुयायीहरूलाई सुर्‍याउँछ ।

**************************************************************************

धर्मले बाँधेका संकूचनयुक्त निरिहता र मानवीय लघुताभासको धर्मान्ध सोचमाथि, अदम्य मानवीय साहस र क्षमतको उद्वोधन र विजय थियो पुनर्जागरणकाल ।

Christianity र Islam ले आफ्नो विस्तारका क्रममा सन् ६३७ देखि १४ औँ शताब्दिको बीचमा अनेकौँ खुद्रा युद्ध र धर्मयुद्धहरू ( Holy Crusades) लडेका थिए । १५ औँ शताब्दिमा शुरू भएको युरोपेली पुनर्जागरण (Renaissance) काल र उनीहरूले गरेको नाभिकीय ( navigational) क्षमता विस्तारको चमत्कारी विकासले, युरोपेली हरूको प्राथामिकतामा धर्म कम महत्वको तर व्यापार – वाणिज्य, धन आर्जन र उपनिवेश विस्तार मुख्य हुन पुग्यो ।

पुनर्जागरण (Renaissance) आँफैमा परम्परा र धर्ममाथि मानवीय क्षमताले विजय हासिल गर्दै जानुको कारण र परिणाम दुबै थियो । धर्मले सदियौँदेखि मान्छेलाई उसको निरिहताको पाठ पढाउँदै आएको थियो । धार्मिक शक्तिका केन्द्र रूपी चर्च र मान्छे जातिले ईश्वर खोज्ने वा प्राप्त गर्ने क्रममा माध्यम मानिने पोप र पादरी जस्ता धर्मगुरूहरूले मान्छेलाई सँधै उसको क्षमता बिहीनतामा दया गर्दै ईश्वरको खोजी गरिदिने कार्य गर्दै आएको ईश्वर केन्द्रित विश्वासको संसारमा पुनर्जागरण कालरूपी युरोपेली लहरले अभुतपूर्व उलटफेर ल्यायो । धर्मले बाँधेका संकूचनयुक्त निरिहता र मानवीय लघुताभासको धर्मान्ध सोचमाथि, अदम्य मानवीय साहस र क्षमतको उद्वोधन र विजय थियो पुनर्जागरणकाल । अचानक, आफ्नो क्षमता बढेको महशूस गर्न थालेका युरोपेलीहरूलाई अब आफ्नो महादेश साँगूरो लाग्न थाल्यो । तिनीहरू ठूलाठूला पानीजहाजमा निडर अनि साहसी नाविक खोजकर्ताहरू राखेर नया संसारको खोजीमा हिँडे । शुरूमा, पुर्तगाली र स्पेनिश पानीजहाजहरू अघी बढे पनि छिटै बाँकि युरोपका सबै जसो देशले तिनको देखासिकी गरे, पछ्याए र तिनलाई जिते । अन्त्यमा, बेलायतले औपनिवेसिकताको यो प्रतिस्पर्धामा सबैलाई पछाडि पार्‍यो ।

क्रमश…

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट