शनिबार, फाल्गुन १५ २०७७

भारतसँग किनेको कोभिशील्ड खोप कति प्रभावकारी ?


  • नेपालदीप
  • सोमबार, फाल्गुन १० २०७७
817
SHARES

काठमाण्डौ । नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनेको कोरोनोभाइरसविरुद्ध प्रयोग हुने कोभिशील्ड खोप कति प्रभावकारी छ भन्रे आम चासोको बिषय बनेको छ ।
अक्सफर्ड यूनिभर्सिटी र औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेकाे खोप सीरम इन्स्टिट्यूटले भारतमा व्यावसायिक रूपमा उत्पादन गरिरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत फागुन ५ गते नेपालले सीरम इन्स्टिट्यूटसँग २० लाख मात्रा खोप खरिद गर्ने सम्झौता गरेकोमा १० लाख मात्रा आइतवार अपराह्ण काठमाण्डौ आइपुगेको छ।

अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पूरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ।

तर आधा मात्रा वा पूरा मात्राको अवधारणा स्पष्ट पार्ने तथ्याङ्क उपलब्ध नभएको बताइएको छ।

तर अप्रकाशित तथ्याङ्कअनुसार दुई मात्राको बीचमा जति लामो समय भयो, खोप त्यति प्रभावकारी हुने देखिएको छ।

त्यस्तो तरिकाले दिइएको अवस्थामा पहिलो मात्रापछि मात्रै पनि ७० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ।

सीरम इन्स्टिट्यूटले ब्रजिल र यूकेमा गरिएको परीक्षणको तथ्याङ्क देखाएर कोभिशील्ड अत्यधिक प्रभावकारी रहेको दाबी गरेको छ।

तर भारतको बिरामी अधिकारकर्मीको समूह अल इन्डिया ड्रग एक्शन नेटवर्कले यसको अनुमति प्रक्रिया हतारमा गरिएको र भारतमा यसको आवश्यक परीक्षण नभएको बताउँदै आएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट