बिहिबार, फाल्गुन १३ २०७७

१० वर्षीया बालिका बलात्कार आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ


  • नेपालदीप
  • सोमबार, फाल्गुन १० २०७७
760
SHARES

डेल्धुरा। डडेल्धुरामा १० वर्षीया बालिका बलात्कार आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

प्रहरीले आइतबार गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै विद्यालयले प्रहरीसमक्ष उजुरी दिएको थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको जनाएको छ ।

मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले बताएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार