शनिबार, फाल्गुन १५ २०७७

आज सुन तोलाको कति ?


  • नेपालदीप
  • सोमबार, फाल्गुन १० २०७७
646
SHARES

काठमाडौँ।  नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १३३५ पुगेको छ ।

आज छापावाल सुन प्रतितोला ८९ हजारमा र तेजाबी सुन ८८ हजार ५५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य लगातार घटेको थियो । आइतवारबाट भने सुनको मूल्य प्रतितोला ८ सयले बढेको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट