बिहिबार, फाल्गुन १३ २०७७

मधेशमा फर्किए पृथ्वी नारायण शाह, अहिराजले राखे आफ्नो कार्यकक्षमा तस्विर


  • नेपालदीप
  • सोमबार, फाल्गुन १० २०७७
3.1K
SHARES

काठमाडौं। नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन्। अहिराजले आफ्नो कार्यकक्षमा शाहको प्रधानमन्त्री र राष्ट्रपतिको भन्दा ठूलो पूर्ण कदको तस्बिर राखेका हुन्।

अहिराज पहिले देखि नै संघियता, गणतन्त्र र धर्मनिरपेक्षताको कट्टर विरोधी रहँदै आएका थिए। तर संघियताको आफैले खरो विरोध गर्ने अहिराजले कुन नैतिकताले प्रदेश प्रमुख भए भन्दै सामाजिक सञ्जालमा बहस नै चलेको छ। कोहीले आलोचना गरेका छन् भने कोहीले अहिराज त्यो पदमा बस्न लायक पात्र भएको बताएका छन्।

यसअघि राष्ट्रपति र प्रधानमन्त्रीको मात्र फोटो राख्ने प्रचलन थियो। मधेश आन्दोलनका क्रममा शाह वंशीय राजाहरुलाई नकारात्मक ढंगले प्रस्तुत गरिएको थियो। गणतन्त्र र संघियताको ‘स्पिरिट’ भन्दा बाहिर रहेका अहिराजको यो कार्यलाई सांकेतिक रुपमा बुझ्न सकिन्छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार