शनिबार, फाल्गुन १५ २०७७

रहेनन् पूर्वसांसद रानाभाट


  • नेपालदीप
  • सोमबार, फाल्गुन १० २०७७
1.1K
SHARES

चितवन। पूर्वसांसद एकनाथ रानाभाटको सोमबार निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो।

उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो । रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी रानाभाट २०५६ सालमा चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार २००९ कात्तिक २८ मा स्याङ्जाको भाटखोलामा उनको जन्म भएको थियो।

नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रहिसकेका उनका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको मंगलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ।

कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले उनको निधनले सिंगो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताए। उनका अनुसार बिहान मंगलबार ८ः३० बजेदेखि एक घण्टा उनको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट