
ललितपुर। जावलाखेलमा ट्राफिक चेकिङमा परेकी स्कुटर चालक महिलाको बसको ठक्करबाट मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएपछि जावलाखेल चोकमा एक महिलाको मृत्यु भएको हो ।
बा २ ख ३५७४ नम्बरको बसले प्र ३-०२-०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । स्कुटर चालक अन्दाजी ३३–३४ वर्षीया महिला हुन्। उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो। चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।