बिहिबार, फाल्गुन १३ २०७७

प्रधानसेनापति र प्रधानन्यायधिशको भेट, के भयो कुराकानी?


  • नेपालदीप
  • सोमबार, फाल्गुन १० २०७७
2.3K
SHARES

काठमाडौँ। प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ। साेमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको बताइएको हो।

भेटका क्रममा प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाकाे क्याभलरी रहेकाे जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको छ। सर्वाेच्च अदालत स्राेतले भन्याे, ‘क्याभलरीकाे जग्गा सर्वाेच्च अदालतकाे नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको हाे। नामसारीबारे छलफल भइरहेको थियोे। आज प्रधानसेनापतिलाई बाेलाउनुभएकाे हाे।

अदालतकाे परिसर साँघुराे भएकाे भन्दै सर्वोच्चले सेनाकाे क्याभलरीकाे जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार