बिहिबार, फाल्गुन १३ २०७७

संसद पुनर्स्थापना भए फेरि प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ : ओली


  • नेपालदीप
  • सोमबार, फाल्गुन १० २०७७
1.4K
SHARES

काठमाडौँ। संसद पुनर्स्थापना भए देशमा फेरि अस्थिरता उत्पन्न हुने र पहिलेकै समस्याहरु दोहोरिने  प्रधानमन्त्री ओलीले चेतावनी दिएका छन् ।

कञ्चनपुरको दैजीमा छेला औधोगिक क्षेत्र शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले‘ संसद पुनर्स्थापना भए के हुन्छ? फेरि प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ। त्यसका लागि पार्टीहरु खोज्नुपर्छ’, उनले भने, ‘कसैको बहुमत पुग्दैन। भागबण्डाको राजनीति, खरिदबिक्री, अस्थिरता फेरि सुरु हुन्छ।’

ओलीले आफूहरु जनताको घर बनाउने, शिक्षा, स्वास्थ्य, रोजगारीको अभियानमा लागेको तर संसद पुनर्स्थापना भए ती सबै योजनाहरु अवरुद्ध हुने दाबी पनि गरे।

अदालतलाई धम्की नदिएको दाबी गर्दै उनले थपे, ‘हामी लोकतन्त्रमा न्यायालयलाई धम्क्याउने, दबाब दिने कुरामा विश्वास गर्दैनौं। मैले कसैलाई धम्की दिनुपर्ने आवश्यकता छैन। हामी स्वतन्त्र न्यायालयको पक्षमा छौं, शक्ति पृथकीकरणको पक्षमा छौं।’न्यायालयका सबै निर्णय सबै समयमा उपयुक्त नहुन पनि सक्ने प्रधानमन्त्रीले बताए।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार