
काठमाडौँ। पहेँलो धातु सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ महंगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार १ सय र तेजाबी सुन ८९ हजार ६ सय ५० रुपैयाँ पुगेको हो।
सोमबार छापावाल सुन ८९ हजार र तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी पनि प्रतितोला २५ रुपैयाँ महंगो भएर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन १८ सय ११ दशमलव ५३ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।