बिहिबार, फाल्गुन १३ २०७७

पूर्वप्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना


  • नेपालदीप
  • मंगलबार, फाल्गुन ११ २०७७
380
SHARES

काठमाडौं। उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

भारतको नयाँदिल्ली गएका डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् ।

आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

ललितपुरस्थित निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका उनलाई चिकित्सकहरूले न्युरो–इन्डोक्राइनको ट्युमर हुन सक्ने बताएका थिए ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार