बिहिबार, फाल्गुन १३ २०७७

सर्बोच अदालतको फैसला नआउदै निर्वाचन आयोगले झण्डै २५ करोडको निर्वाचन सामग्री किन्दै


  • नेपालदीप
  • मंगलबार, फाल्गुन ११ २०७७
475
SHARES

काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेकै अवस्थामा आयोगले सरकारद्वारा घोषित वैशाख १७ र २७ को मध्यावधि चुनावका लागि आयोगले प्रक्रिया अघि बढाएको हो।

संसद् विघटन सम्बन्धमा सर्वाेच्च अदालतले यही हप्ताभित्र फैसला सुनाउने अनुमान गरिएको छ। अदालतले संसद् विघटन बदर अर्थात् पुनर्स्थापना गर्‍याे भने चुनावै हुँदैन। त्यस्तै सत्तारुढ नेकपाका दुई समूहबीच जारी दलको आधिकारितासम्बन्धी विवाद पनि नटुंग्याउँदै आयोगले निर्वाचन सामग्री खरिद प्रक्रिया अघि बढाएको हो।

निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावकाे सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ ।आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो । आउँदो वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो ।

बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार