बिहिबार, बैशाख ९ २०७८

पशुपतिमा जलहरी लगाउने कार्य नगर्न नगराउन अदालतको अन्तरिम आदेश


  • नेपालदीप
  • बुधबार, फाल्गुन १२ २०७७
2.5K
SHARES

काठमाडौँ। सर्वोच्च अदालतले श्रीपशुपतिनाथमा सुनको जलहरी राख्न लागिएको विषयमा दायर रिटमा जलहरी लगाउने कार्य नगर्नु नगराउनु भन्ने अन्तरकालिन आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कारण देखाउ आदेश जारी गरेको हो।

अन्तरिम आदेश दिँदै सर्वोच्चले १५ दिनभित्र विपक्षीहरुलाई लिखित रुपमा अदालतमा उपस्थित हुन समेत आदेश दिएको हो।

वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले सोमबार पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी नलगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। निवेदकले प्राचीन स्मारक संरक्षण ऐनअनुसार जलहरी राख्ने निर्णय कानुनसम्मत नभएको, आर्थिक कारणले समेत निर्णय औचित्यहीन भएको, नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले राज्यले धार्मिकस्थलमा हस्तक्षेप गरेको भन्दै अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोषका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री एवं कोषका अध्यक्ष भानुभक्त ढकाल, कोषका सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष तथा जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक मिलनकुमार थापा, नेपाल राष्ट्र बैंक, गुठी संस्थान र पुरातत्त्व विभागलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।

त्यस्तै, अधिवक्ता ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृतिमन्त्री ढकाल, अर्थ मन्त्रालयलगायतलाई विपक्षी बनाएकी थिइन्।

यता पुशपति क्षेत्र विकास कोषले सर्वोच्चको आदेश आउनुअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ज्योतिर्लिंगमा सुनको जलहरी राखिसकेको छ। कोषका सदस्यसचिव ढकालले सुनको जलहरी राख्ने काम सकिएको बताएका छन्। राष्ट्रपति भण्डारीको उपस्थितीमा क्षमा पुजा गरेसँगै १ सय ८ केजीको सुनको जलहरी लगाउने कार्य सकिएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट