बिहिबार, बैशाख ९ २०७८

कुहिएका अवस्थामा महिलाको शव भेटियो, पहिचान खुल्न सकेन


  • नेपालदीप
  • बिहिबार, फाल्गुन १३ २०७७
1.5K
SHARES

काठमाडौँ। सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।

स्थानीय गोठालाले जंगल जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। रासस

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट