शुक्रबार, बैशाख १० २०७८

सांसदहरूले पाउने भए पुस र माघको पनि तलबभत्ता


  • नेपालदीप
  • बिहिबार, फाल्गुन १३ २०७७
2.1K
SHARES

काठमाडौं। सांसदहरूले पुस र माघको पनि तलबभत्ता पाउने भएका छन् । प्रतिनिधिसभा बिघटन विघटन गरेयता शून्य समयको सबै तलबभत्ता सांसदहरूले एकमुष्ट रूपमा पाउने भएका छन्।

प्रधानमन्त्री केपी ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ प्रतिनिधिसभा विघटन गरेयता शून्य समयको सबै तलबभत्ता सांसदहरूले एकमुष्ट रूपमा पाउने संसद् सचिवालयले जनाएको छ।

हाल प्रतिनिधिसभामा २ सय ७५ सदस्य भए पनि ६ स्थान खाली छ । सांसदले प्रतिमहिना तलबभत्ताका रूपमा ६५ हजारभन्दा बढी रकम बुझ्ने गरेका छन् ।

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरेपछि संसद् पुनःस्थापना भएको थियो । संसद् विघटनदेखि पुनःस्थापनाबीचको शून्य अवधिमा सांसद कामविहीन भएका थिए । तर पनि हाल विद्यमान २ सय ६९ सांसदले फागुनको तलब लिँदा अघिल्ला दुई महिनाको पनि तलब भने पाउन लागेका हुन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट