बिहिबार, बैशाख ९ २०७८

कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय ६७ पुग्यो, आज थपिए ८३ जना


  • नेपालदीप
  • बिहिबार, फाल्गुन १३ २०७७
1.4K
SHARES

काठमाडौँ। सरकारले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको सरकारले बिहीवार ८२ जनाको विवरण थप गरेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा भने १ जनाको मात्रै मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिए हो ।  बुधवारदेखि तथ्याङ्क विश्लेषण गर्ने र एक वर्षयताका विभिन्न ‘केस’ लाई पूर्णरूपमा अध्ययन गर्न थालिएको मन्त्रालयले बताएको छ  ।

कोरोना सङ्क्रमितको सङ्ख्या अझै धेरै देखिन सक्ने अनुमान छ । पछिल्लो २४ घण्टामा थपिएका समेत गरी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार चार सय ११ जनाको पीसीआर परीक्षण गर्दा थप एक सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार आठ सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप ८४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार दुई सय २३ पुगेको छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट