बिहिबार, बैशाख ९ २०७८

अहमदावाद टेष्ट २ दिनमै सकियो: १० विकेटले भारत विजयी


  • नेपालदीप
  • बिहिबार, फाल्गुन १३ २०७७
1.5K
SHARES

घरेलु टिम भारत बिरुद्ध गुजरातको अहमदावादमा हिजो  २४ फेब्रुवरीमा शुरु भई खेलिएको श्रृंखलाको तेश्रो टेष्ट क्रिकेट खेलमा दोस्रो दिनमै इङ्ल्याण्ड १० विकेटले पराजित भएको छ।

स्पिन बलरहरु पूर्णत: हाबी रहेको यो खेलमा प्रयोग भएको पिचका बारेमा भारत बाहिर प्रशस्त प्रश्न उठाइएका छन्।

इङ्ल्याण्डले खेलका दुई पारीमा  क्रमश: ११२ र ८१ रन मात्र बनाउन सक्यो जुन पहिलो पारीमा १४५ रन बनाएको भारतका लागि दोस्रो इनिङमा ४५ रनको दुर्बल लक्ष्यको चुनौति दिन समर्थ थियो । यो लक्ष्यलाई भारतले दोस्रो इनिङमा बीना कुनै क्षति प्राप्त गर्‍यो।

भारतका लागि स्पिनर अक्षर पटेलले  इङ्ल्याण्डको दुबै पारीमा क्रमश: ६ र ५  गरी कूल ११ विकेट लिन सफल भए। यसै गरी रवि आश्विनले ३ र ४ गरी कूल ७ विकेट हात पारे। बलरहरु पूर्णत: हाबी रहेको यो खेलमा इङ्ल्याण्ड  र भारतको को पहिलो इनिङमा ज्याक क्रली र रोहित शर्माले मात्र अर्ध शतक बनाउँदै केही हदसम्म सन्तोषजनक ब्याटिङ गर्न सके।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट