मंगलबार, माघ २४ २०७९

नेपाल विश्वका अति कम विकसित (एलडिसी) मुलुकको सूचिबाट माथि उठ्न सिफारिस



  • नेपालदीप
  • आइतबार, फाल्गुन १६ २०७७
18.1K
SHARES

संयुक्त राष्ट्रसंघीय विकास नीति (सीडीपी) ले नेपाललाई अति कम विकसित देश (एलडीसी) श्रेणीबाट पाँच बर्षको तयारी अवधिमा बढुवा हुन सिफारिस गरेको छ। यसको मतलब हो नेपाल २०२६ देखि   विकासोन्मुख मुलुकमा बढुवा हुनेछ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो।  सीडीपीले २२ देखि २६ फेब्रुवरी २०२१ मा गरेको सम्ममा त्रि-बार्षिक समीक्षामा नेपालले लगातार ३ बर्षसम्मको समिक्षा गर्दा यो बढुवाको मापदण्ड नेपालले पूरा गरेको भेटिएको सो नियोगले जनाएको छ र त्यस आधारमा यो सिफारिस गरेको हो।

सीडीपीले यो बढुवाको प्रश्नमा निर्णय लिने तीन सूचकहरु मध्ये – कुल राष्ट्रिय  (जीएनआई) प्रति व्यक्ति आय, मानव विका सूचकांक (एचएआई), र आर्थिक र वातावरणीय जोखिम सूचकांक (EVI) मा नेपालले प्रति व्यक्ति आय मापदण्ड बाहेकका मापदण्ड भेट्टाएर यो बढुवाको लागि योग्य भएको हो।
२०१५ को महाभूकम्प र चलिरहेको कोविड१९ महामारीले नेपालको प्रति व्यक्ति आय वृद्धिलाई असर गरेको छ।

नेपालले ती मापदण्ड पूरा गरी बढुवा हुन योग्य भए पनि,   कोविड १९ महामारीले उत्पन्न गरेको असाधारण चुनौतीहरूका कारण र नेपाल सरकारले गरेको अनुरोधको आधारमा तीन वर्षको सामान्य तयारी अवधिपछि मात्र विकासोन्मुख राष्ट्रको रुपमा नेपाल बढुवा हुने भएको हो।
नेपाल बाहेक ब बाङ्लादेश र लाओसलाई पनि सीडीपीले यो बढुावका लागि सिफारिस गरेको छ।
२०२६ सम्म नेपालले सबै अति कम विकसित राष्ट्रहरुले (एलडीसी) पाउने विशेष सहयोग, अनुदान र उपायहरूको पहुँच भने पाइरहने छ।

एलडीसी सूचिबाट उत्तीर्ण हुनका लागि सिफारिस हाम्रो लागि महत्त्वपूर्ण छ। तर, पूर्वाधार आयोजनाहरुको विकासका लागि हामीले गम्भीर भई कार्य गर्नुपर्नेछ र देशको सम्भावित क्षेत्रहरुलाई समृद्ध बनाउन प्रोत्साहन गर्नु पर्नेछ। अति कम विकसित राषट्रहरुको सूचिमा रहनु आँफैमा अभागी मुलुकको सूचिमा रहनु भए पनि, विकसित देश र अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको ठूलो अनुदान र सहयोग हात लाग्ने हुँदा नेपालले ३ बर्ष  अघि पनि माथिल्लो सूचिमा बढ्न अनिच्छा देखाएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार