शुक्रबार, बैशाख १० २०७८

आज सुनको मूल्य बढ्यो,तोलाको कति ?


  • नेपालदीप
  • सोमबार, फाल्गुन १७ २०७७
1.3K
SHARES

काठमाडौँ। साताको दोस्रो दिन सुनको मूल्य बृद्धि भएको छ ।

आज(सोमबार) सुनको मुल्य प्रति तोला ४ सय रुपैयाँले बढेको हो । आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ थियो भने सोमबार ५ रुपैयाँ बढेर १३ सय २५ रुपैयाँ कायम भएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट