बिहिबार, बैशाख ९ २०७८

उर्लाबारीका बाँस्तोला हत्या प्रकरण : घरबेटी पनि पक्राउ


  • नेपालदीप
  • सोमबार, फाल्गुन १७ २०७७
1.6K
SHARES

मोरङ। उर्लाबारीका प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीले घरधनी उर्लाबारीका रमेश गिरीलाई पक्राउ गरेको हो । उनलाई आजै जिल्ला अदालत मोरङमा उपस्थित गराउने मोरङ प्रहरीका प्रमुख, एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रवीणको हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा उनी सुतेका थिए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो ।

उपचारका लागि गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । हत्या आरोपमा पक्राउ परेका दुई जनामध्ये एक जना पुर्पक्षका लागि थुनामा छन् ।

बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।

होटल संचालक कुमार राईलाई ३ लाख रुपैयाँ धरौटीमा छाडिएको छ । हत्यामा संलग्न भएको आरोप लागेका अरू तीन जना फरार छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट