बिहिबार, बैशाख ९ २०७८

आगामी वर्षमा तीनवटा दसैं


  • नेपालदीप
  • सोमबार, फाल्गुन १७ २०७७
1.7K
SHARES

काठमाडौँ। आगामी वर्ष २०७८ मा तीनवटा दसैं परेको छ। यो वर्षको चैत्र शुक्ल पक्षमा पर्ने चैते दसैं आउने सालको वैशाखमा परेको हुनाले आगामी वर्ष तीनवटा दसैं पर्न गएकाे हाे।

आगामी वैशाख ७ गते मंगलबार चैत शुक्ल अष्टमी अर्थात् चैते दसैं परेको नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चांग) मा उल्लेख छ।

२०७८ चैत २६ मा पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैं परेको छ। बडादसैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैं आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ।

असोज २७ गते महाअष्टमी, असोज २८ गते महानवमी र असोज २९ गते विजयादशमी पर्व परेको छ। कार्तिक कृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते सुरु हुनेछ।

दसैं र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ। लक्ष्मीपूजा कात्तिक १८ मा र भाइटीका कात्तिक २० मा परेको छ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैंलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन्।

शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दसैंलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।

यस वर्ष २०७७ असोजमा मलमास (अधिकमास) परेकाले २०७८ मा तीनवटा दसैं परेको उनले जानकारी दिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट