बिहिबार, बैशाख ९ २०७८

राष्ट्रपतिद्वारा फागुन २३ का लागि संसद् अधिवेशन आह्‍वान


  • नेपालदीप
  • सोमबार, फाल्गुन १७ २०७७
1.3K
SHARES

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन्।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन्।संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन्।

त्यसपछि फागुन ११ गते सर्वोच्च अदालतले सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।

 

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट