बिहिबार, बैशाख ९ २०७८

ममाथि शारीरिक हमला हुन सक्छ, ज्यान तलमाथि भयो भने अनौठो नमान्नु : प्रधानमन्त्री


  • नेपालदीप
  • सोमबार, फाल्गुन १७ २०७७
2.1K
SHARES

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जोखिम रहेको बताएका छन्  ।

पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले देश र नागरिकको पक्षमा काम गरेको तर केहि देशी विदेशी पक्षले प्रहार गरिरहेको र त्यो शारीरिक आक्रमणकै तहमा पुग्न सक्ने बताए  ।

‘ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ओलीले भने  । तर त्यस्तो हुन नदिइने र पर्याप्त सतर्कता अपनाइने ओलीको भनाइ छ ।

‘म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन’ ओलीले भने  ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट