बिहिबार, बैशाख ९ २०७८

ताप्लेजुङको दोभानमा भीषण आगलागी,३५ घर जलेर नष्ट


  • नेपालदीप
  • मंगलबार, फाल्गुन १८ २०७७
2K
SHARES

काठमाडौँ।ताप्लेजुङको दोस्राे ठूलो बजार दोभानमा भीषण आगलागी भएको छ ।

मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा नआएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म दोभान बजारका ३५ घर पूर्ण रुपमा जलेर नष्ट भइसकेको जाजकारी दिए। ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौंँ’, कार्कीले भने।

अहिले आगलागी भएको क्षेत्रमा ताप्लेजुङको दमकल पुगिसकेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि दमकल आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए।सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल भैरहेको छ ।

मेरिङ गाउँपालिकाको ३ वडामा पर्ने दोभान बजारमा १ सय ५० घर रहेका छन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट