शुक्रबार, बैशाख १० २०७८

शिक्षक र विद्यार्थी बीचको मनोविज्ञान


  • नेपालदीप
  • बुधबार, फाल्गुन १९ २०७७
3.7K
SHARES

विद्यालयमा हुने विद्यार्थी र शिक्षक बीचको समस्यालाई लिएर हिजो आज सामाजिक सञ्जालमा चर्को टीका टिप्पणी हुने गरेको छ। नहोस पनि कसरी! कहिले दाङको विद्यालयमा शिक्षकले विद्यार्थी कुट्पिट गरेको समाचार आउछन् त कहिले झापा कन्काइबाट त्यस्तै किसिमका खबर आउँछन्। यी दुई घटना समाजिक सञ्जालमा बहसको विषय बने पनि हरेक विद्यालयमा यस्ता साना ठूला समस्याहरु दिनहुँ जस्तै घटिरहेका हुन्छन्। फरक यत्तिमात्र हो कि तिनीहरुको चर्चा हुँदैन। किनकी त्यो नौलो कुरा होइन। सामान्यिकरण भइसकेका छन् यस्ता प्रवृति हरेक विद्यालयमा।

नेपाल सरकारको हकमा शिक्षा सेवा आयोगले परिक्षा लिइ उपयुक्त शिक्षकको पहिचान गरि आधारभूत तालिम प्रदान गर्दा गर्दै यत्रो समस्या यथावत छ भने विचरा ती निजी विद्यालयहरुमा दुई/तीन वर्ष आफ्नो करिअर धान्न शिक्षाको मैदानमा उत्रिएका शिक्षकबाट के आशा गर्ने?

नेपाल सरकारले विद्यार्थीलाई कुट्पिट नगरी सकारात्मक वातावरणमा पढाउन सकिन्छ भनेर कार्यक्रम ल्याउँदा पनि पटक पटक यस्ता समस्या दोहोरिइ राख्नुले कार्यक्रम प्रभावकारी भएको छैन भनेर सजिलैसँग बुझ्न सकिन्छ। नेपाल सरकारको हकमा शिक्षा सेवा आयोगले परिक्षा लिइ उपयुक्त शिक्षकको पहिचान गरि आधारभूत तालिम प्रदान गर्दा गर्दै यत्रो समस्या यथावत छ भने विचरा ती निजी विद्यालयहरुमा दुई/तीन वर्ष आफ्नो करिअर धान्न शिक्षाको मैदानमा उत्रिएका शिक्षकबाट के आशा गर्ने? यो अवस्थामा विद्यार्थीहरुले सुरक्षित मनोवैज्ञानिक वातावरणमा शिक्षा हासिल गरिराखेका छन् भनेर विश्वास गर्न सकिदैन्। विद्यार्थीको भविष्यको जग भनिने विद्यालयमा यस्ता किसिमका समस्याहरु देखिनुले एउटा प्रश्न सहजै हरेकको मनमा उब्जिन्छः यस्तो वातावरण बीच विद्यार्थीले कस्तो स्तरको शैक्षिक उपलब्धी हासिल गरे होलान्? यो एउटा विद्यालयको मात्र नभएर सिङ्गो देशको शिक्षा नीतिलाई नै चुनौती हो।

हरेक व्यक्तिको आफ्नो मनोविज्ञान हुन्छ र एक व्यक्तिको मनोविज्ञानले अर्को व्यक्तिको मनोविज्ञानलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभाव पारिराखेको हुन्छ जसलाई समाजिक मनोविज्ञान भनिन्छ। यहाँ सामाजिक मनोविज्ञानको कुरा किन जोड्न खोजिएको हो भने शिक्षक पनि एक व्यक्ति हो। उसको पनि आर्थिक, सामाजिक, पेशागत र व्यक्तिगत जीवन हुन्छ। र, त्यति नै थरिका समस्या हुन्छन्। शिक्षकले धेरै समय विद्यार्थीहरु सँग व्यतित गर्ने हुनाले उनिहरुलाई पनि उक्त समस्याको नकरात्मक प्रभाव परिरहेको हुन्छ।

विद्यालयमा घट्ने यस्ता घटनाहरुलाई कानुनी र सामाजिक रुपबाट सरसर्ती केंलाउदा शिक्षक अथवा विद्यालय व्यवस्थापनको कमजोरी देखिएता पनि असर गर्ने मनोवैज्ञानिक तत्व भने भिन्दै हुन सक्छन्। शैक्षिक क्षेत्रमा उत्पन्न हुने मुख्य समस्या अर्थात् शिक्षक र विद्यार्थी बीच दुविधा हुनुको मुख्य कारण; शिक्षकले आफ्नो व्यक्तिगत समस्या पहिचान गरि व्यवस्थापन गर्न नसक्नु र विद्यार्थीहरुको मनोसामाजिक समस्याको पहिचान गरि सोही अनुसार आफूँलाई प्रस्तुत गर्न नसक्नु हो। हरेक व्यक्तिको आफ्नो मनोविज्ञान हुन्छ र एक व्यक्तिको मनोविज्ञानले अर्को व्यक्तिको मनोविज्ञानलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभाव पारिराखेको हुन्छ जसलाई समाजिक मनोविज्ञान भनिन्छ। यहाँ सामाजिक मनोविज्ञानको कुरा किन जोड्न खोजिएको हो भने शिक्षक पनि एक व्यक्ति हो। उसको पनि आर्थिक, सामाजिक, पेशागत र व्यक्तिगत जीवन हुन्छ। र, त्यति नै थरिका सम्स्याहरु हुन्छन्। शिक्षकले धेरै समय विद्यार्थीहरु सँग व्यतित गर्ने हुनाले उनिहरुलाई पनि उक्त समस्याको नकरात्मक प्रभाव परिरहेको हुन्छ। उदाहरण को लागि- कुनै एक शिक्षकको घरमा श्रीमतीसँग छोड्पत्र गर्ने कुरा चलिरहेको छ। र, उसले नियमित रुपमा विद्यालयमा समय पनि दिइराखेको छ भने के उसले कक्षाकोठामा विशुद्ध शैक्षिक वातावरण सृजना गर्न सक्छ त?
यसलाई अझ अर्को तरिकाबाट बुझौँ। विख्यात मनोविद् सिगमड फ्रायडका अनुसार व्यक्तिले भूतकालमा सामना गरेका तिता मिठा अनुभवहरु उसको अचेतन दिमागमा दबिएर बस्छन्। व्यक्तिको वर्तमान सोच र व्यवहार पनि अचेतन दिमाग अनुसार नै हुन्छ। यसरी दबिएर बसेका कुण्ठाहरु समय र परिस्थिति अनुसार पोखिन्छन्। विडम्वना, शिक्षकले आफ्नो धेरै समय विद्यालयमा बिताउने हुनाले विद्यार्थीसँग नै पोखिन सक्छन् र दुविधा सृजना हुन्छन्।

किशोर अवस्था झन् मनोवैज्ञानिक दृष्टिकोणले सबै भन्दा ‘भल्नरेबल’ अवस्था भनेर चिनिन्छ। किशोर-किशोरीहरुमा आउने शारीरिक र हार्मोनल परिवर्तनले उनिहरुको मनोभावनामा धेरै नै उतार चढाव ल्याउँछन्।

त्यसै गरि यी दुईपक्ष बीच दुविधा सृजना हुनुको अर्को मुख्य कारण शिक्षकहरु विद्यार्थीको मनोसामाजिक समस्याको विषयमा सू-सूचित नभएर पनि हो। विद्यार्थीमा उनिहरुको उमेर समूह अनुसारको मनोसमाजिक समस्याहरु हुन्छन्। सानो उमेर समूहको बालबालिकामा सिकाइमा कठिनाइ, सजिलै पढ्न लेख्न नसक्ने (learning disability), आवश्यक भन्दा बढी चकचक गर्ने, पढाइमा ध्यान केन्दृत गर्न गाह्रो हुने, जिद्धी स्वभाव, परिवारबाट वञ्चित हुँदाको स्वभाव, बाबा अथवा आमासँग मात्र सँग हुर्किदा देखिने व्यवहारगत समस्याहरु हुन्छन्। त्यसै गरि किशोर अवस्था झन् मनोवैज्ञानिक दृष्टिकोणले सबै भन्दा ‘भल्नरेबल’ अवस्था भनेर चिनिन्छ। किशोर-किशोरीहरुमा आउने शारीरिक र हार्मोनल परिवर्तनले उनिहरुको मनोभावनामा धेरै नै उतार चढाव ल्याउँछन्। किशोरीहरुमा पहिलो महिनावारी, किशोरहरुको स्वरमा परिवर्तन, शारीरिक अंग परिवर्तन, सहपाठीसँगको सम्बन्ध, पारिवारिक सम्स्या, आर्थिक समस्या, विद्यालय परिवर्तन, शारीरिक अपाङ्गता आदि विद्यार्थीहरुमा तनाव शृजना गर्ने कारक तत्वहरु जसले गर्दा विद्यार्थी शैक्षिक गतिविधिहरुमा संलग्न हुन गाह्रो हुने, जोखिम मोल्ने काममा अग्रसर हुने, कुलतमा लाग्ने, दुखी हुने, डराउने, आत्मसम्मानमा ठेस पुग्ने आदि समस्या हुन्छन्।

विद्यार्थीको नजिकको शिक्षक हुन त्यति सझिलो भने छैन्। त्यसको लागि कुनै पनि शिक्षक आफ्नो व्यक्तिगत समस्यालाई पन्छाएर विद्यार्थीको मनोसामाजिक समस्यालाई पहिचान गर्न सक्ने हुनुपर्छ। अनि मात्र विद्यार्थी एक उदाहरणीय शिक्षक बन्न सकिन्छ।

अत: शिक्षक भन्ने वित्तिकै शैक्षिक ज्ञान मात्र भएको व्यक्ति भनेर बुझ्न गलत हुन्छ। शैक्षिक ज्ञानका अलावा विद्यार्थीहरुलाई कसरी शिक्षा प्रदान गरिराखेको छ भन्ने कुराले ठूलो अर्थ राख्दछ। शिक्षकको पहिलो काम भनेको विद्यार्थीमा पढाइ प्रती रुचि शृजना गराउनु हो। बालबालिकाको रुची त्यति बेला शृजना हुन्छ जतिबेला आफूँले आदर गर्ने शिक्षकलाई विश्वास र नजिकको पात्रको रुपमा भरोसा गर्न लायक पाउँछन्। विद्यार्थीको नजिकको शिक्षक हुन त्यति सझिलो भने छैन्। त्यसको लागि कुनै पनि शिक्षक आफ्नो व्यक्तिगत समस्यालाई पन्छाएर विद्यार्थीको मनोसामाजिक समस्यालाई पहिचान गर्न जरुरी हुन्छ। अनि मात्र विद्यार्थीका लागि एक उदाहरणीय शिक्षक बन्न सकिन्छ। यसरी शिक्षकले आफूँलाई प्रतिस्पर्धी बनाउनको लागि पुरानो शैक्षिक पद्धतिलाई परिमार्जन गर्दै लैजान आवश्यक हुन्छ। सरकारी र गैरसरकारी संस्थाको सहयोगमा विभिन्न तालिम र गोष्ठी आयोजना गरि शैक्षिक पेशामा संलग्न व्यक्ति समावेश गराउनु पर्दछ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट