बिहिबार, बैशाख ९ २०७८

गरिबी र अविकासका कारण: – १


  • नेपालदीप
  • आइतबार, फाल्गुन २३ २०७७
3.4K
SHARES

हामीले हाम्रो आफ्नै मुलुकका बारेमा जे जसो सोचिरहेका होऔँ, हौँ त हामी संसारकै अति गरीब र अविकसित मुलुकहरु मध्ये एक। विकास बहसहरूमा ‘मुलुकको विकास किन हुन सकेन’ भन्ने प्रश्नमाथि विशद चर्चा चलिरहेका हुन्छन्। ‘नेपाल बर्बाद भयो, कतिञ्जेल यस्तो भइरहने हो? देशको अधोगतिका कारण के हुन्?  र माथि उठ्ने उपाय के-कस्ता छन् ?  कतिञ्जेल यस्तै भइरहने हो?  निकट भविष्यमा विकास र समृद्धिको चमत्कार हासिल हुने केही संकेत र सम्भावना छन् कि ?’ असंख्य उत्कण्ठा र प्रश्नै-प्रश्न छन् हामीसंग।

माथिका प्रश्नहरुको खोजिएको जस्तो सहज जवाफ छैन। यस्ता प्रश्नहरू सर्वसामान्य जनताले विशेषत: राजनीतिक नेताप्रति वा बिरुद्ध प्रकट गर्ने आक्रोशहरूका भद्र र घुमाउरो अभिव्यक्ति पनि हुन्। तर राजनीतिक अन्तर्यको गर्भबाट उब्जिने यस्ता प्रश्नहरूको जवाफ पनि त्यस्तै राजनीतिक आरोपहरूहरूको प्रक्षेपण अन्यत्र सारेर समापन हुन्छन्। अपशोच, यस्ता प्रश्न र जवाफ दुबैले अविकासको वस्तुगत कारण नकेलाएर त्यसमाथि केवल आग्रह र दोषारोपण गरेर पन्छिने गर्छन्।

हाम्रो वा कुनै अर्को मुलुकको अविकास र पछौटेपनाका निश्चित कारण अवश्य हुन्छन् र तिनलाई बुझ्नु र केलाउनु सर्वथा जरूरी पनि छ। कारणहरू चिनेर मात्र उपाय र निदानको तरिका खोज्न सकिने हुँदा देश विकास हुन नसक्नुका वैज्ञानिक र वस्तुपरक कारणको आँकलन गर्न अघि सर्नु पर्छ। प्रस्तुत छोटो आलेखका २ खण्डमा गरीबी, पछौटेपन र अविकासका केही १) स्थूल र (२) सुक्ष्म कारणहरूको छुट्टाछुट्टै व्याख्या गर्ने कोशिश गर्नेछ।

पृष्ठभूमिः

वर्तमान विश्वको लगभग ७ अर्ब ८० करोड जनसंख्या मध्ये, पुग-नपुग १ अर्ब  २० करोडजति विकसित भनेर चिनिने मुलुकहरूमा बसोबास गर्छन्। बाँकि साढे ६ अर्बभन्दा बढी विकासशील, अल्पविकसित वा अविकसित संसारमा छरिएर आवादित छन्। आधुनिक भौतिक विकासको कसी र क्रममा मुलुकहरूलाई वर्गीकरण गर्नु सजिलो नभए पनि:

(१) उत्तर अमेरिका, पश्चिमी युरोप, जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड, सिंगापुर, हङ्कङ्, ताइवान, मध्य पूर्वका तेल सम्पन्न देश, ब्रुनाइ, बाल्टिक मुलुकहरु, ताइवान र दक्षिण कोरिया समेतका देशलाई मात्र विकसित (Developed) कोटीमा राख्ने गरिएको पाइन्छ।

(२) जीवनस्तर र मानवीय विकासको स्तर मापनमा कतै उच्च र कतै मध्यम तहमा पुगेका मध्यपूर्वका बाँकि तेल उत्पादक धनाढ्य एशियाली मुलुकहरू (जीवनस्तर र सुविधाको वितरणमा रहेको बिषमताका कारण), विगत केही दशक यता विश्वव्यापी रूपमा हुँदै गरेको आर्थिक प्रगति र विकासे फड्कोले उठेका पूर्व युरोपेली राष्ट्रहरू लगायत  अर्जेण्टिना, ब्राजिल, चिली, मेक्सिको, दक्षिण अफ्रिका, रसिया, चीन, भारत , मध्य एशियाली राष्ट्रहरू विकाससिलको (Developing)  पंक्तिमा अगाडि बढ्दै गरेको आँकडाहरूले बताउँछन्।

(३) केही ल्याटिन अमेरिकी देशहरु , अफ्रिकी तथा एशियाली मुलुकहरू र दीर्घकालीन युद्ध र आन्तरिक द्वन्द एवं अशान्तिले चौपट र जीर्ण बनेका अविकसित त पछौटे मुलुकहरू अविकसितको (Least Developed)  कोटीमा छन्। अर्थशास्त्रको विश्व परिभाषामा यो तेस्रो कोटीका मुलुकहरूलाई अति कम वा कम विकसित राष्ट्रहरु भनेर चिनिन्छ। संयुक्त राष्ट्र संघद्वारा २०१४, २०१७ र २०२१  मा जारी विश्वका ४६ देशहरूको अविकसित सूचीबाट सबैजसो ल्याटिन अमेरिकी मुलुकहरूको (हैटी, जुन उत्तर अमेरिकी मानिने गर्छ, बाहेक) ‘टयाग’ बाट माथि उठिसकेका छन् भने दक्षिण एशियाका केही र अधिकांश अफ्रिकी मुलुकमात्र त्यो अभिशप्त सूचिमा बाँकी रहन पुगेका छन्। यो वर्गीकरण भित्रको भेद र भिन्नता विशाल र विचित्र नै छ तापनि माथि उल्लिखित गरिएका धेरै विकासशील मुलुकको ठूलो जनसंख्या पनि बाँकी अविकसित समाज जस्तै स्तरमा अति गरीब पनि छ।

यो प्रश्नको उत्तर खोज्न लामो समय अफ्रिकाका अविकसित र विपन्न मुलुकहरूको अध्ययनमा बिताएर सन् २००७ मा ‘द बटम बिलियन्स’ भन्ने पुस्तक लेखेका सर पल कोलियरले अघि सारेका प्रस्तावना, तर्क र कारणहरूको नजरियाबाट हाम्रो अविकासको हैसियत केलाउन उपयुक्त हुन सक्छ। सर पल कोलियरका अनुसार मुलुकहरू अविकसित हुने वा रहने मुख्यत: ४ वटा कारण छन् जसलाई उनले ‘ फोर ट्रयाप्स (अविकासका चार जालो, पासो वा फन्दा) को रूपमा उल्लेख गरेका छन्। नेपाली अविकासको कुरा गर्दा, कोलियरका ४ ‘जालो’हरू केवल स्थुल (माक्रो) कारणको रूपमा बुझ्नु पर्छ किनभने यी ठूला कारण बाहेक हाम्रो देशको सन्दर्भमा अरू सुक्ष्म र निश्चित कारणहरू बढी बलियो र टड्कारो रहेका हुनुपर्छ। यी ४ वटा ‘जालो’ वा ‘पासो’ मध्ये सबै अथवा अधिकांश वा दुई वा एकको अत्यन्त ठूलो अंकूश रहेको हुनाले कतिपय मुलुक माथि उठ्न नसकेका हुन् भन्ने निष्कर्ष कोलियरको रहेको छ :

मुलुक पछौटे रहनुको पहिलो कारण आन्तरिक द्वन्द , हिंसा र ध्वंश हुन सक्छ। अण्डा कि चल्ला पहिला भने झैँ, गरिबी अभाव र अविकासका कारण द्वन्द शुरू हुन्छ र जारी रहन्छ अथवा द्वन्द कारक रहनाले गरिबी र अविकासको स्थिति हुन्छ भन्ने निर्क्योल गर्न नसकिए पनि अविकासमा यी दुबै पालो-पालो कारक बन्छन्, यी एक-अर्कामा अन्योन्याश्रित देखिन्छन्।

१) आन्तरिक हिंसा, द्वन्द वा युद्ध : मुलुक पछौटे रहनुको पहिलो कारण आन्तरिक द्वन्द , हिंसा र ध्वंश हुन सक्छ। अण्डा कि चल्ला पहिला भने झैँ, गरिबी अभाव र अविकासका कारण द्वन्द सुरू हुन्छ र जारी रहन्छ अथवा द्वन्द कारक रहनाले गरिबी र अविकास हुन्छ भन्ने निर्क्योल गर्न नसकिए पनि अविकासमा यी दुबै पालो-पालो कारक बन्छन्, यी एक-अर्कामा अन्योन्याश्रित देखिन्छन्। गरिब र पछौटे अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरू लामो समय बहुपक्षीय द्वन्दले आक्रान्त थिए। आन्तरिक द्वन्द राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र अरु पनि कुनै मुद्दामा आधारित हुन सक्छन् तर तिनले पार्ने प्रभाव उस्तै हुन्छन्- मानवीय र भौतिक संरचनाको विनाश एवं ध्वंश, नव-सिर्जनाको शून्यता। द्वन्द जति लामो हुन्छ त्यसको गुणात्मक असर त्यति दीर्घकालीक हुन्छ। कतिपय अफ्रिकी मुलुकहरू र अफगानिस्तानको तुलनामा नेपाल लामो समय आन्तरिक द्वन्दको चरणबाट गुज्रिएको मुलुक नभए पनि विसं २०५-०६३ सम्म जारी पछिल्लो १२ बर्षे द्वन्दले नेपालको विकासलाई कमसेकम एक पुस्ता (२५ वर्ष) पछाडि धकेलेको हो।  पञ्चायतकालको सुस्त र मद्धिम विकासको गति २०४६-४८ को लोकतन्त्रोत्तर कालमा गतिशील हुन सक्थ्यो जसलाई २०५२ मा शुरू भएको हिंसात्मक ध्वंशले स्पष्ट रोकेको मात्र थिएन बरू उल्टो ध्वंशको गर्तमा धकेलेको थियो। तथापि, नेपालको अविकासको प्रमुख ‘जालो’ द्वन्द मात्र अवश्य हैन,  किनभने इतिहासमा नेपाल अधिकांशत: शान्त मुलुकको रुपमा नै चित्रित छ। आन्तरिक द्वन्द वा बाह्य युद्धको कठोर अनुभवबाट गुज्रेर उभ्रेका मुलुकहरूले दृढ इच्छाशक्ति सहितको विकासमुखी प्रतिवद्ध नेतृत्व पाए भने एकदमै छिटो विकासे फड्को मार्न सक्छन् भन्ने उदाहरण १९७० को दशकको युद्ध ध्वंशबाट उठेको दक्षिण कोरियालाई लिन सकिन्छ।

प्रचूर प्राकृतिक सम्पदाको उपयुक्त दोहन विधि, त्यो लाभको न्यायपूर्ण वितरण प्रणालीको अभाव तथा त्यसमा सीमित समूहको नियन्त्रण हुनुका कारण सिर्जित अशान्ति तथा वर्चस्वको टकरावले द्वन्द समेत निम्ताउन सक्छ। यस्तो परिस्थितिले कतिपय मुलुकलाई सम्पदाको उपलब्धता हुनुभन्दा नभइदिएको भए ठिक हुन्थ्यो कि भन्ने स्थितिमा पुर्‍याएको पनि छ।

२) प्राकृतिक सम्पदामथि दुरुपयोगयुक्त निर्भरता: यो ‘पासो’ वा ‘जालो’ नाइजेरिया, भेनेजुएला र कतिपय प्राकृतिक सम्पदाले सम्पन्न मुलुकहरूको हकमा बढी लागू हुन्छ। प्रचुर प्राकृतिक सम्पदाको उपयुक्त दोहन विधि, त्यो लाभको न्यायपूर्ण वितरण प्रणालीको अभाव तथा त्यसमा सीमित समूहको नियन्त्रण हुनुका कारण सिर्जित अशान्ति तथा वर्चस्वको टकरावले द्वन्द समेत निम्ताउन सक्छ। यस्तो परिस्थितिले कतिपय मुलुकलाई सम्पदाको उपलब्धता हुनुभन्दा नभइदिएको भए ठिक हुन्थ्यो कि भन्ने स्थितिमा पुर्‍याएको पनि छ। ‘ब्लड डायमण्ड’ चलचित्र यही अनुभवको चित्रकथात्मक उदाहरण हो। नेपालको सन्दर्भमा यो ‘पासो’ को टड्कारो उपस्थिति अहिलेसम्म देखिँदैन। किनभने ग्यास, पेट्रोलियम र खनिज-पदार्थको उत्खननमा हामी शून्यको स्थितिमा छौँ भने जल सम्पदाको दोहन हुन नसक्नु हाम्रो समस्या नै रहिआएको छ। जलस्रोत माथिको वैदेशिक लगानी र सो उत्पादनको दोहन-वितरणमा नेपाली दलहरु र जनमानस बढी राजनीति गर्छ भन्ने गरिन्छ। ठूला विदेशी लगानीकर्ताले जलविद्युत, पर्यटन, कृषि र स्थानीय स्रोतमा आधारित हुने गरी भोलिका दिनमा गर्न सक्ने लगानीको लाभ विकेन्द्रित रुपले स्थानीय स्तरमा पुग्न सकेन भने, त्यस्ले सिर्जना गर्न सक्ने असन्तोष भविष्यमा घातक र विष्फोटक हुन सक्छ भन्ने सम्भावनाबाट भने हामी बेलैमा सचेत हुनै पर्छ।

राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच, योजना र इच्छाशक्ति छैन किनभने राजनीतिक अस्थिरता मुख्य कारक छ- कुनै पनि बेला आन्तरिक बगावत् वा बाह्य जालझेलबाट सरकार परिवर्तन हुन सक्छ। उदाहरणका लागि विगत १९ वर्षमा १९ प्रधानमन्त्री भोगेर आएका हामी नेपाली प्रचण्ड बहुमतको बलियो संसदले दिएको प्रधानमन्त्रीमा पनि स्थिर सरकार पाउन नसकेको पीडा भोगिरहेछौँ अहिले। हरेक १० वर्षमा क्रान्ति र व्यवस्था-विप्लवी आन्दोलनको उग्र आक्रोश बोकेको जनमानस राजनीतिक मात्र हैन अहिले आएर सामाजिक र क्षेत्रगत रूपमा समेत विभाजित छ।

३) शासन प्रणालीमा कमजोरी वा निकम्मापन: शासन-प्रणालीभित्र राजनीतिक नेतृत्वदेखि, सार्वजनिक प्रशासन, सुरक्षा र स्थानीय प्रतिनिधिसहितको नागरिक समाज समेत पर्छन्। नेपाल र अन्य अविकसित मुलुकका समस्या यस मानेमा समान हुन सक्छन्। हाम्रोमा राजनीतिक दलहरूका बीचमा मुलुकको आर्थिक र राजनीतिक स्वरुप,  विकास, अर्थ र परराष्ट्र नीतिबारे सैद्धान्तिक कचिंगल व्यापक छ,  देश र देशवासीको जीवनस्तर उठाउने कार्यविधि र उपयोगी प्रयोजनवादी सोच एवं व्यवहारमा समेत तालमेल र सहमति छैन। भ्रष्टाचार,  नीतिगत अन्यौल,  अकर्मण्यता र उत्तरदायित्व बिहीनताले समग्र राज्य प्रणाली यसरी आक्रान्त पारेको छ कि सुधारको थालनी कहाँबाट गर्ने भेउ पाउन समेत कठिन छ। राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच, योजना र इच्छाशक्ति छैन किनभने राजनीतिक अस्थिरता मुख्य कारक छ- कुनै पनि बेला आन्तरिक बगावत् वा बाह्य जालझेलबाट सरकार परिवर्तन हुन सक्छ उदाहरणका लागि बिगत १९ वर्षमा १९ प्रधानमन्त्रीका मन्त्रीमण्डल भोगेत आएका हामी नेपाली प्रचण्ड बहुमतको बलियो संसदले दिएको प्रधानमन्त्रीमा पनि स्थिर सरकार पाउन नसकेको पीडा भोगिरहेछौँ अहिले। हरेक १० वर्षमा क्रान्ति र व्यवस्था-विप्लवी आन्दोलनको उग्र आक्रोश बोकेको जनमानस राजनीतिक मात्र हैन अहिले आएर सामाजिक र क्षेत्रगत रूपमा समेत विभाजित छ। विचार र नीति केवल आग्रह र दावा मात्र बनेर रहेका छन्। दलीय राजनीतिको अंश-अवशेषको रूपमा समाज र राज्यतन्त्र यसरी विभाजित बनेको छ कि अमूक दलको सरकारले गरेको वा गर्न सक्ने उचित र असल काम पनि अर्को पक्षका निम्ति विरोध गर्नै पर्ने मुद्दा बन्नु अनिवार्य भएको छ।

आधुनिक अन्तर्निर्भर विश्वमा बाँचेर विकासे योजनामा वाह्य प्रत्यक्ष लगानी आकर्षण गर्नु पर्ने हाम्रो हालतमा निश्चित राजनीतिक पार्टीहरूले त्यस्ता वाह्य लगानीकर्ताका बिरुद्ध राजनैतिक अभिष्टकै लागि अतिराष्ट्रवादी राजनीति गरिरहनु हाम्रो एउटा टड्कारो समस्या रहेको छ। राजनीतिक पार्टीका मजदुर संगठनहरूका अव्यवहारिक माग सामू निरीह बनेर स्थापित उद्योग र कलकारखाना बन्द हुनुपर्ने नौबत आउनु यस्तै अर्को दृष्टान्त हो । यस्ता घटनाले नेपाललाई बाह्य लगानीका लागि असुरक्षित गन्तव्यका रूपमा चित्रित गरिरहेको छ। राजनीतिक र प्रशासनिक क्षेत्रमा व्याप्त भ्रष्टाचार, कानुन अनुपालन गराउने निकायको प्रभावहीनता,  नीतिगत अन्यौल,  नोकरशाहीतन्त्र भित्र व्याप्त भ्रष्ट, दलाल र दलीय प्रवृत्ति, अस्थिरता, अस्थायित्व र प्रणालीबिहीनता नेपालको विकास हुनै नसक्नुको एउटा मुख्य कारण हो। बलियो इच्छाशक्ति भएको इमान्दार र स्वार्थरहित राजनैतिक नेतृत्वले मात्र यो अवस्था छिचोलेर अघि बढ्न सक्छ; त्यो देखिएको छैन।

४) भूपरिवेष्ठितपना र अप्ठ्यारा छिमेकी : अष्ट्रिया, स्वीट्जरल्याण्ड, साना युरोपेली भूखण्डका अपवाद बाहेक अधिकांश भूपरिवेष्ठित देशहरू संसारमै सबैभन्दा गरिब र अविकसित छन्। भनिन्छ, हामीले छिमेक र भूगोल बदल्न सक्दैनौँ। स्वीट्जरल्याण्ड र अष्ट्रिया जस्ता विकसित भुपरिवेष्ठित देशहरू ठूला, विकसित र सहयोगी युरोपेली मुलुकका छिमेकी हुन्। जब ठूला छिमेकीहरू विकसित बन्छन् र उठ्न समेत मद्दतगार हुन्छन्, त्यो विषद् प्रेरक र सहयोगी हुन्छ- आँफै माथि उठ्न प्रयत्न गरिरहेका मुलुकका लागि। युरोपेली छिमेकी देशहरूले साथ दिँदा, स्विट्जरल्याण्ड, अष्ट्रिया, लेचेष्टिन आदि देशले सडक यातायात त पूर्वाधार निर्माणमा आफ्नो सामर्थ्य सबै समर्पण गर्न पाए। युरोपेली विकासले छिमेकलाई साथ लिएर अघि बढ्न सिक्यो- अभावमा पूरक र सहकार्यमा सहयात्री बनेर। साँध र सीमामा समस्या हुन्छन् नै, तर मिलेरै तिनले एक-अर्काका अप्ठ्याराहरू फुकाउन यत्न गरे। स-साना विवाद र अप्ठ्यारालाई समग्रताको समाधानका लागि प्रयोग गर्न सिके। फलत: आज युरोप समान मुद्रा र सीमाना बिहीन महादेशसम्म अघि बढ्यो। जसले तिनमा साथ जान चाहेनन्, तिनलाई अरुले एक्ल्याएनन्। साहचार्य र सहगतिको उदाहरण हो, युरोप। समुद्री पहुँच र बन्दरगाहदेखि भूपरिवेष्ठित मुलुकको भित्री भूभागसम्म सामान पुग्दा हुने क्रय-विक्रय वा मूल्यको वृद्धिलाई तिनले सन्तुलित बनाउन सकिने उपायहरू निकाले। समस्यामा उपाय खोजे, खोजीले समाधान पनि भेट्यायो। यसरी ठूला र सहयोगी विकसित छिमेकी मुलुकहरू भूपरिवेष्ठित राष्ट्रको समस्या समाधानमा सहायक हुन सक्छन् भने, अप्ठ्यारा छिमेकीहरू त्यसको ठिक बिपरित दु:खदायी र पीडक पनि।

एउटा वा बहु-विशाल मुलकले चारैतर्फबाट घेरिएका समुद्रसम्म निर्वाध पहुँच नभएका भूपरिवेष्ठित नेपाल र अरू एशियाली-अफ्रिकी मुलुकहरू पारवहन समस्यामा जन्मजात ठगिएका छन् र ती आफ्ना छिमेकीरूपी ठूल्दाइको अर्घेल्याइँमा बाँच्न अभिशप्त छन्।

एउटा वा बहु-विशाल मुलकले समुद्रतर्फबाट घेरिएका समुद्रसम्म निर्वाध पहुँच नभएका भूपरिवेष्ठित नेपाल र अरू एशियाली-अफ्रिकी मुलुकहरू पारवहन समस्यामा जन्मजात ठगिएका छन् र ती आफ्ना छिमेकीरूपी ठूल्दाइको अर्घेल्याइँमा बाँच्न अभिशप्त छन्। सामुद्रिक पहुँच र पारवहन सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता, कानून र नीतिहरूलाई कतिपय ठूला र अप्ठ्यारा छिमेकीहरू आफ्नो स्वार्थ अनुरुप चलाउँदै आफ्ना कमजोर भूपरिवेष्ठित भाइहरूको ताडनाका लागि प्रयोग गर्दछन्। नेपालको दूर्भाग्यमा पहिलो कारक समुद्री मार्गको पहुँच नहुनु हो। यसले गर्दा नेपालमा वस्तु उत्पादनको क्षेत्रमा बहुराष्ट्रिय लगानी हुन लगभग असम्भव छ किनभने बाह्य निर्यात र सामुद्रिक पहुँचका लागि पारवहन असाध्यै महंगो पर्छ भने हाम्रो उपभोगको बजार यति सानो छ कि  हाम्रा विशाल दुई छिमेकीहरूका उत्पादनसँग हाम्रो प्रतिद्वन्दितामा टिक्न सक्दैनौँ।

तर पनि, हाम्रा सीमा र बाध्यताको घेरा भित्रै रहेर हाम्रो आफ्नै आवश्यकताको व्यवस्थापन गर्दै केही प्राकृतिक संसाधनको विकासले हामीलाई माथि उठाउन सक्ने सम्भावना नभएको भने हैन। त्यस तर्फका केही संकेत नदेखिएका पनि हैनन् तर ती टिकाउ भने रहन सकेका छैनन्।

यी उपर्युक्त बुँदाहरूको कोणबाट नेपाललाई नियाल्दै गरेका अनि नेपाल र यसको भूराजनीतिक अवस्थितिलाई नजिकबाट चिनेका केही नेपाल सम्बन्धी बिदेशी जानकारहरू पनि ‘नेपालको विकास कसरी हुन सक्छ?’ भन्ने प्रश्नमा ‘इट्स रियल्ली अ टफ क्वेश्चन्’ भन्दै अकमक्क भेटिन्छन्। तर प्रश्न जति गाह्रा किन नहुन्, तिनको जवाफ नै नहुने भने हैन। त्यो जवाफ हाम्रो राजनैतिक र प्रशासनिक नेतृत्वले पहिल्याउन कोशिस गरे, विकासतर्फ पहिलो पाइला हुन्थ्यो। ………….

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट