बिहिबार, बैशाख ९ २०७८

मिलको फित्तामा बेरिएर भोजपुरमा एक महिलाको मृत्यु


  • नेपालदीप
  • आइतबार, चैत्र १ २०७७
1.3K
SHARES

भोजपुर। मिलको फित्तामा सल बेरिएर भोजपुरमा एक महिलाको मृत्यु भएको छ । धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भएकी भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको उपचारका क्रममा मृत्यु भएको हो।

शनिबार साँझ ५ बजे विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा उनी घाइते भएकी थिइन् । उपचारका क्रममा स्थानीय संगीता मेडिकल ओख्रेमा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट