आइतबार, बैशाख २६ २०७८

नेपाल टेलिकमको बोर्ड सदस्यमा अम्बिका पौडेल निर्विरोध निर्वाचित


  • नेपालदीप
  • शुक्रबार, चैत्र ६ २०७७
2.4K
SHARES

सर्वसाधारण शेयर धनीका तर्फबाट अम्बिकाप्रसाद पौडैले नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा निर्विरोध चयन भएका छन्।

शेयर बजार, बैंक, वित्त, निर्माण जस्ता विविध क्षेत्रमा आफ्नो नाम र सफलता बनाएका अम्बिका पौडेल, नेपाल इन्भेसटर्स फोरमको पूर्व अध्यक्ष रहिसेकेका छन् भने, यस पूर्व नेपाल उद्योग वाणिज्य महासंघ एशोसियटतर्फको सदस्यमा रेकर्ड मतसहित निर्वाचित भइसकेका छन्।

नेपाल टेलिकमको चैत १३ गते हुने बार्षिक साधारणसभाले उनको चयनलाई अनुमोदन गर्ने बताइएको छ।

नेपाल टेलिकममा नेपाल सरकारको ९१.४९ प्रतिशत , सर्वसाधारण शेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको छ | १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसाबले यो नेपालकै सबैभन्दा धनी कम्पनी हो।

आँफू टेलिकम बोर्ड सदस्यमा उमेद्वारी दिने घोषणा गर्दा उनले फेसबुकमा यस्तो लेखेर शेयरधनीलाई अपिल गरेका थिए- ‘नेपाल टेलिकममा मैले संचालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यवस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालकबीच समन्वय कायम गरी मेरो लगानी सम्बन्धी ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, सबैभन्दा बढी नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई  प्रतिफल दिने कम्पनीहरुमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता ब्यक्त गर्दछु।”

८.४८ प्रतिशत पब्लिक तर्फको शेयर मध्ये ४.५ प्रतिशत कर्मचारी र  ३.९८ प्रतिशत मात्र  सर्वसाधारण नागरिकको रहेको टेलिकमको बोर्ड सदस्यमा यस पूर्व कर्मचारीहरुकै एकलौटी हुने गरेको थियो। अम्बिका पौडेलको पहिलो सफल बोर्ड प्रवेशले कर्मचारीहरुको एकाधिकारलाई तोडेको छ किनभने पहिलो पटक आमसर्वसाधारणको तर्फबाट सञ्चालक उनी नै हुन्। उनको प्रवेशले टेलिकमले फड्को मार्ने आशा कर्मचारीले समेत गरेकोले उनको विजय सम्भव भएको बताइन्छ।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार