शुक्रबार, बैशाख १० २०७८

लकडाउन अवधिको शुल्क लिएको भन्दै मध्यबिन्दु क्याम्पसका विद्यार्थी आन्दोलनमा


  • नेपालदीप
  • आइतबार, चैत्र ८ २०७७
2K
SHARES

नवलपरासी। देशकै उत्कृष्ट कलेज मध्यमा पर्ने कावासोतीमा स्थित मध्यबिन्दु बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन्। क्याम्पस प्रशासनले लकडाउन अवधिको शुल्क लिएपछि विद्यार्थी आन्दोलित भएका हुन्।

आइतबार बिहानैदेखि लकडाउन अवधिभर पठनपाठन ठप्प भएकोले त्यसबेला लिइएको शुल्क फिर्ता पाउनु पर्ने माग राख्दै विद्यार्थीहरुले नाराबाजी गरेका छन्।

क्याम्पस प्रमुख मुक्तिराम पाण्डेका अनुसार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको छ।

आक्रोशित विद्यार्थीहरुले कलेज हाता भित्र टायर बाल्नुका साथै कलेज प्रशासन विरुद्ध नाराबाजी गरेका छन्। प्लस टु कल्याण मञ्च नामक संगठनको ब्यानरमा विद्यार्थीहरुले आन्दोलन गरेका थिए।

कजेलको प्लस टुमा १४ सयभन्दा बढी विद्यार्थी रहेका छन्। क्याम्पसमा पहिलोपटक विद्यार्थी आन्दोलन भएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट