बिहिबार, बैशाख ९ २०७८

कविता: आत्मबोध


  • नेपालदीप
  • मंगलबार, चैत्र १० २०७७
2.9K
SHARES

पोल्दैन अचेल दुखेको घाउ
चाहना छैन तिमी भेट्न आउ
म बेग्लै संसारमा यो हराए
आफु भित्र एक्लै एक्लै म रमाए

त्यो गर्नु तिमी खुशी जेमा हुन्छ
नगर्नु कहिले मन जेले रुन्छ
एक बारको चोला कहाँ पो पुगिन्छ
जिबन हो खोला एक दीन सुकिन्छ

निरन्तर बग्नु सुसाइ सुसाइ
अगाडी बड्नु हसाइ हसाइ
पाहिला चाल्नु नरोक्नु हेर
समय त्यसै नफाल्नु खेर

जानेर गर्नु गरेको जान्नु
ज्ञानी मानिस भनेको मान्नु
केहि भुल भए ईश्वर पुकार्नु
सङ्कोच बिना भुल त्यो स्विकार्नु

कोरेर भिन्न भिन्न ति चित्र
ईश्वर लीला देखाउछन् बिचित्र
ईश्वर खोज्दै नहिंड्नु मित्र
सबैका ईश्वर छन् आफै भित्र

–प्रविण तिवारी

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट