आइतबार, बैशाख २६ २०७८

भारतले इड्ल्याण्डलाई पहिलो एक दिवसीय खेलमा ६६ रनले हरायो


  • नेपालदीप
  • बुधबार, चैत्र ११ २०७७
1.4K
SHARES

घरेलु टेष्ट शृंखला ३-१ र टी-ट्वेण्टी ३-२ ले जीतिसकेको भारतले हिजो अहमदावादमा खेलिएको ३ एकदिवसीय क्रिकेट शृंखलाको पहिलो खेल पनि जीतेर विजयी शुरुवात गरेको छ। भारतले यो खेल ६६ रनको अन्तरले जीतेको हो।
टस जीतेर बलिङ रोजेको इङ्ल्याण्डले भारतलाई निर्धारित ५० ओवरमा ५ विकेटको क्षतिमा ३१७ रनमा सीमित गर्न सकेको थियो। भारतका लागि ओपनर रोहित शर्मा र शिखर धवनले राम्रो र सुझबुझपूर्ण शुरुवात गरे; रोहित २८ रनमा आउट भए भने म्यान अफ द म्याच घोषित धवन (९८) शतक बनाउनबाट चुके पनि दोश्रो र तेश्रो विकेटका लागि राम्रो साझेदारी गर्दै विराट कोहली (५६) को मद्धतले कूल योग लगभग राम्रो बनाए। तर , भारतको कूल योगफल राम्रो बनाउन सबैभण्दा आकर्षक ब्याटिङ भने पाँचौ र सातौँ क्रमका ब्याट्स्मेन द्वय के ल राहुल र पहिलो खेल खेलिरहेका क्रुनाल पाण्डेयको रह्यो। दुबै मिलेर अन्तिम १० ओवरमा ११२ रनको योगदान गर्दा भारतले ३१७ रन जोड्न सफल रह्यो।

भारतको विशाल योगफल पछ्याउँदै इङ्ल्याण्डले अति नै शानदार ब्याटिङ शुरुवात गरेको थियो। ओपनर जोनी बेइरेस्ट्वो (९६) र जेसन रोयले पहिलो विकेटको साझेदारीमा १४ ओवरमा नै लगभग १० को औसत कायम गर्दै १३५ रन बनाए। यो समय इङ्ल्याण्ड विजयी लक्ष्यतर्फ सजिलै पुग्न खोजेको आभास मिल्थ्यो। तर १५ औँ ओवरमा रोय आउट भए पछि भने इङ्ल्याण्डको खेल धरमरायो। शानदार ब्याटिङ गरिरहेका बेइरिस्ट्वो व्यक्तिगत ९६ रनमा आउट भएपछि , कुनै पनि खेलाडी राम्रो टिक्न नसक्दा कूल २५१ रनको योगफलमा इङ्ल्याण्डको पारी समेटियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार