बिहिबार, बैशाख ९ २०७८

दुई किशारीलाई नौ दिनसम्म बन्धक बनाई बलात्कार गर्ने दुईजना युवक पक्राउ


  • नेपालदीप
  • बुधबार, चैत्र ११ २०७७
1.5K
SHARES

बुटवल।  १४ र १५ वर्षीया दुई किशोरीलाई अपहरण गरेर शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा रुकुम पूर्वका २३ वर्षका एक युवक र १४ वर्षका एक किशोर पक्राउ परेका छन्।

ती दुई किशोरी चैत १ गतेदेखि बेपत्ता थिए । नौ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार प्रहरीमा उजुरी परेको थियो । त्यसलगत्तै खोजलतास गर्दा उनीहरु रुकुमकाेटबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

२३ वर्षीय युवकको कोठामा बन्धक बनाएर राखिएको अवस्थामा दुई किशोरी फेला परेका थिए । अनुसन्धानका क्रममा घरबाट हराएकै दिन ती किशोरीहरू अपहरणमा परेको र बन्धक बनाएकै दिनबाट उनीहरूमाथि करणी हुँदै आएको खुल्न आएकाे रुकुम पूर्व प्रहरीले जनाएको छ।

पक्राउ परेका दुईजनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको जनाइएको छ। किशोरीहरूलाई प्रहरीको संरक्षणमा राखिएको छ। प्रहरीका अनुसार उनीहरूको स्वास्थ्य सामान्य सामान्य रहेको छ । उनीहलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट