बिहिबार, बैशाख ९ २०७८

कविताः मेराे देश


  • नेपालदीप
  • शनिबार, चैत्र १४ २०७७
1.8K
SHARES

हिमालका चुचुरामा अपूर्व रंग पाेतिए
पहाडका गरागरा सुन्दर ज्याेती पाेखिए
तराईका फाँट फाँट अपूर्व किरण छचल्किए ।
याे सुन्दर देश नेपालकाे
म मर्म हूँ
धर्म हूँ
कर्म हूँ
म धुक्धुकी प्राण हूँ
जीउदाे सान हूँ
क्रान्ती पछि व्यूतिने
सहिद आत्मा सुन्दर ।
मलाई टुट, फुट र झुटको
राप ताप हाेइन
हिमाल, पहाड र तराईलाई
पुलकित पार्ने
एक सुत्रमा बाँध्ने
शीतल स्वच्छ हावाकाे बहाब चाहियाे ।
यस पवित्र भूमि नेपालमा
म बिबिध पुस्प सुन्दर
म फूल्छु ,फल्छुु छर्छुरे
सुगन्धकाे मिठाे रस
मिलेर म रच्नेछु नेपाल देश सुन्दर ।

– माधव शर्मा पोखरेल

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट