सोमबार, असार ७ २०७८

बेरोजगार युवालाई राेजगारी दिदै युवा स्वरोजगार कोष


  • नेपालदीप
  • आइतबार, चैत्र १५ २०७७
2.2K
SHARES

काठमाडौँ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ ।

कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रममार्फत स्वरोजगार बनाउन सुरुआत गरेको हो । आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले दुई लाख रुपैयाँ सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ ।

कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, काठमाण्डाै उपत्यकाका स्वरोजगार कार्यक्रम र तराई–मधेश स्वरोजगार जस्ता नयाँ पाँच कार्यक्रम सञ्चालन गरेर १२ हजार युवालाई स्वरोजगार बनाउन थालिएको कोषका कार्यकारी उपाध्यक्ष डा कल्याण रोकाले जानकारी दिए  ।

उनले  अहिले ती कार्यक्रमको सञ्चालनका लागि अनुगमनको कार्य भइरहेकाले चाँडै नै युवालाई कर्जा प्रवाह गरेर स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरिने बताए  । ती युवालाई आफूले जानेको सीप, क्षमता र ज्ञानका आधारमा व्यवसाय सञ्चालन गर्नका लागि कोषले ३.२ प्रतिशत ब्याजमा दुई लाख रुपैयाँ उपलब्ध गराउने छ ।

कोषले पालिकासँग सहकार्य गरेर युवालाई स्वरोजगार बनाउने छ । पालिकाबाट ३.५ प्रतिशत ब्याजमा ऋण लिए कोषले तिनै पालिकामा बेरोजगार युवालाई स्वरोजगार बनाउन दुई लाखका दरले ३.२ प्रतिशतमा ब्याजमा ऋण उपलब्ध गराउने भएको छ ।

‘हामीले पालिकाबाट जति ऋण लिन्छौँ, त्यति नै थप गरेर त्यहाँ रहेका युवालाई लगानी गर्दछौँ’,उनले भने , ‘यसले गर्दा पालिकामा रहेका युवालाई त्यही नै रोजगारी सिर्जना गर्न सकिन्छ ।’

कोषले पालिकामा रहेका बैंक, वित्तीय संस्था र सहकारीमार्फत ती युवालाई दुई लाख रुपैयाँका दरले ऋण उपलब्ध गराउने छ । अहिले कोषले सहकार्यका लागि पालिकालाई प्रस्ताव आह्वान गरेको छ । साझेदारी कार्यक्रमका कार्यक्रम संयोजक नरबहादुर साउँदले १२ पालिकाले साझेदारी गर्नका लागि प्रस्ताव पेस गरेको जानकारी दिनुभयो । यस वर्ष पालिकाका पाँच हजार युवालाई स्वरोजगार बनाइने लक्ष्य दिइएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट