बिहिबार, बैशाख ९ २०७८

त्रिदेशीय फुटबलको फाइनल आज : उपाधिका लागि नेपाल–बंगलादेश भिड्दै, प्रधानमन्त्री पनि रङ्गशाला जाने


  • नेपालदीप
  • सोमबार, चैत्र १६ २०७७
969
SHARES

काठमाडौँ। थ्री नेशन्स सिरिज अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाउने दाउमा रहनेछ।

खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

यसअघि किर्गिस्तानको यु-२३ टोलीलाई पराजित गरेको बंगलादेश नेपाल र किर्गिस्तानले बराबरी खेलेपछि फाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेश किर्गिस्तानको आत्मघाती गोलसँगै १-० ले विजयी भएको थियो।

किर्गिस टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले भने फाइनल पुग्न बंगलादेशसँग पनि कम्तिमा बराबरी गर्नुपर्ने हुन्छ। यदि हार व्यहोरेको खण्डमा खेलको समीकरणमा भर पर्नुपर्ने हुन्छ।

नेपालले पछिल्लो पटक बंगलादेशसँग खेलेका दुई मैत्रीपूर्ण खेलमा सन्तोषजनक नतिजा निकाल्न सकेको थिएन। गत वर्ष नोभेम्बर १३ मा बंगलादेशमा भएको पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो। त्यस्तै नोभेम्बर १७ मा भएको दोस्रो खेलमा नेपालले गोलरहित बराबरी गरेको थियो।

फिनिसिङमा कमजोर मानिदै आइएको नेपाल आज बंगलादेशमाथि जित निकाल्ने दबाबमा रहेको छ। घरेलु मैदानमा उत्साह थप्न यस पक्षलाई सुधार गर्दै सकारात्मक नतिजा निकाल्ने आशामा समर्थकहरू रहेका छन्।

सिरिजको फाइनल खेल सोमबार हुनेछ।

यसैबीच  प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जाने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री ओली खेल हेर्न र प्रतियोगिताको समापनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईँले बताए ।

सवा पाँच बजे रङ्गशाला पुग्नु हुने प्रधानमन्त्रीले पूरै समय खेल हेर्ने पनि बजगाईँले जानकारी दिए  । प्रधानमन्त्री उपस्थित भए पनि रङ्गशाला वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । रङ्गशाला प्रवेश गर्ने दर्शकको जाँचमा पनि कडाइ हुने सुरक्षा स्रोतले जनाएको छ ।

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल साढे पाँच बजे सुरु हुँदैछ । त्रिदेशीय फुटबल कपकाे उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्न लागेका हुन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट