शुक्रबार, बैशाख १० २०७८

ललिता निवास प्रकरण: मन्त्रिपरिषद्‍ निर्णयका फाइल झिकाउन सर्वोच्चको आदेश


  • नेपालदीप
  • सोमबार, चैत्र १६ २०७७
1.5K
SHARES

काठमाडौं। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणको फाइल झिकाउन आदेश दिएको छ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णयको सक्कल झिकाउन सर्वोच्चले आदेश दिएको हो।

नेपाल र डा. भट्टराईविरुद्ध उक्त प्रकरणमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।

न्यायाधीशद्वय अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मन्त्रिपरिषद् निर्णयको सक्कल झिकाउन आदेश दिएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट