बिहिबार, बैशाख ९ २०७८

फिफा विश्वकप छनौट : मंगलियामाथी जापानको सानदार जित


  • नेपालदीप
  • बुधबार, चैत्र १८ २०७७
874
SHARES

काठमाडौं। फिफा विश्वकप छनौटमा मंगलियामाथी जापानले सानदार जित निकालेको छ ।

मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० को फराकिलो गोल अन्तरले हराएको हो । जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे ।

यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २/२ गोल गरे । ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १/१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे ।

जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको छ । शीर्ष स्थानको जापानले पाँच खेलमा शत प्रतिशत जित निकालेको छ । ३ अंक जोडेको मंगोलिया समूहको पुछारमा छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट