बिहिबार, बैशाख ९ २०७८

कीर्तिपुरको यी ठाउँमा ६ घण्टा बत्ती जाने


  • नेपालदीप
  • शुक्रबार, चैत्र २० २०७७
703
SHARES

काठमाडौँ। आज काठमाडौँको कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा आज ६ घण्टा बत्ती जाने भएको छ ।

मच्छेगाउँ फिडर अन्तर्गत चम्पादेवी बसपार्क र ज्वालादेवी मन्दिर क्षेत्रमा ११ केभी क्षमताको लाइन मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ज्वालादेवी र चम्पादेवीमा रहेका दुई वटा ट्रान्सफर्मर बन्द गरेर काम गरिँदै छ । आज मच्छेगाउँ फिडर अन्तर्गतका खुशीखुशी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दूधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल र नगाउँमा बत्ती जाने भएको हो ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट