बिहिबार, बैशाख ९ २०७८

राष्ट्रपतिद्धारा मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन


  • नेपालदीप
  • शुक्रबार, चैत्र २० २०७७
1.2K
SHARES

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको खानेपानीको औपचारिक उद्घाटन गरेकी छन् । शुक्रबार राष्ट्रपति भण्डारीले ढुंगेधाराको टुटी खोलेर औपचारिक उद्घाटन गरेकी हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित औपचारिक समारोहमा उपस्थित राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मेलम्चीको पानीको औपचारिक उद्घाटन गरेकी हुन् ।

यही चैत १५ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न थालिएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आज (शुक्रबार) बिहान ५ बजेबाट बालाजु पोखरीबाट समेत पानी वितरण थालेको छ।

यसअघि पहिलो चरणमा काठमाडौँका चावहिल, महांकाल, मीनभवन, अनामनगर र खुमलटार लगायतका स्थानमा मेलम्चीको पानी वितरण गरिएको थियो।

केएलकेयूका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकोमा अहिले दैनिक साढे आठ करोड लिटर पुर्‍याइएको बताए।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट