शुक्रबार, बैशाख १० २०७८

अविवाहित भन्दा विवाहित व्यक्ति धेरै खुसी हुन्छन् :अध्ययन


  • नेपालदीप
  • सोमबार, चैत्र २३ २०७७
703
SHARES

काठमाडौँ। विवाह हरेक मानिसको महत्वपुर्ण निर्णय हो । यो निर्णयले केवल दुई व्यक्तिमात्र होइन, परिवार पनि एक आपसमा बाधिने गर्दछन् । मिसिगन स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार विवाहपछि, विवाहभन्दा अघिभन्दा तुलनात्मक रुपमा मानिसहरु बढी आनन्दित हुने देखाएको छ।  तथापी विवाहाका धेरै फाइदाहरु छन् ।

के छन् फाइदा 

१. विवाह गर्नेहरु अविवाहित व्यक्तिको तुलनामा दीर्घकालसम्म खुसी रहन सक्ने तथ्यांकले देखाएको छ । मिसिगन स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार विवाहपछि, विवाहभन्दा अघिभन्दा तुलनात्मक रुपमा मानिसहरु बढी आनन्दित, हाँसीखुसी देखिने गर्छन् ।

२. व्यक्तिले लिने निर्णयमा विवाहपछिको निर्णय बढि समाधान उन्मुख हुने पाइएको छ । विवाहअघि मानिसले हतारमा एकलौटी निर्णय लिने तर विवाहपछि भने पार्टनरसंग सल्लाहमा लिएको निर्णय बढि व्यवहारिक पाइएको छ ।

३. विवाहपछि मानिसको बोली, व्यवहार र काम बढि जिम्मेवार पाइएको छ । विवाहअघि मानिस अलि बढि लापरबाह हुने र आफ्नो व्यवहार, काम र बोलीमा समेत मार्धुयता नहुने भएकाले विवाहिताहरु हरेक कुरामा जिम्मेवार हुने गरेका छन् ।

४. अविवाहितको तुलनामा विवाहपछि मानिसहरु मोटाउने गर्दछन् । यसको कारणमा मानिसको सन्तुलित खानपान, जीवनमा सन्तुष्टि लगायतका कारण जिम्मेवार रहेका छन् । तथापी स्लिम हुनु मोटाउनुको तुलनामा राम्रो हो ।

५. बिभिन्न सामाजिक, धार्मीक र पारिवारीक कार्यक्रममा विवाहितहरु बढि सामेल हुने गर्दछन् । जसका कारण लामो समयदेखि यी कार्यक्रममा संलग्न नभएका अविवाहितको तुलनामा विवाहिताहरु बढि सक्रिय हुने गर्दछन् । यसले परिवारका सदस्यहरुबीच सामिप्यता बढाउने गर्दछ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट