बिहिबार, बैशाख ९ २०७८

नेपाल नरेशकै हैसियतमा कुम्भ मेलामा पूर्वमहाराजधिराजलाई निम्तो


  • नेपालदीप
  • मंगलबार, चैत्र २४ २०७७
7.1K
SHARES

काठमाडौँ। पूर्वमहाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह दम्पती हरिद्वारमा चलिरहेको कुम्भ मेलामा जाने हुनु भएको छ। पूर्व महाराजधिराजका प्रेस सल्लाहकार फणिन्द्र पाठकका अनुसार भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन चैत २६ गते बिहीबार भारत जान लाग्नु भएको हो।

हरिद्वारमा कुम्भ मेला आयोजक समितिले पूर्वमहाराजधिराजलाई नेपाल नरेशको नै हैसियतले निमन्त्रणा गरेको बताइएको छ।

विश्वभरि छरिएर रहेका साधु-सन्तहरु कुम्भ मेलामा स्नान गर्न आउने गर्छन। हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्थापनाको आशिर्वाद दिनको लागि पूर्वमहाराजधिराजलाई कुम्भमेलामा बोलाइएको हो।

हरिद्वारमा लागेको कुम्भ मेला अप्रिल २७ सम्म चल्नेछ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट