बिहिबार, बैशाख ९ २०७८

चितवनमा निर्माणाधीन पुल भत्कियो, ठेकेदारको लापरबाही भएको आशंका


  • नेपालदीप
  • मंगलबार, चैत्र २४ २०७७
665
SHARES

काठमाडौँ। चितवनमा निर्माणाधीन पुल भत्किएको छ। भरतपुर–१ ठिमुरालाई देवघाटसँग जोड्ने निर्माणाधीन पुल भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा मंगलबार बिहान भत्किएको हो।

ठेकेदारको लापरबाहीका कारण निर्माणाधीन पुल भत्किएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले जानकारी दिएका छन्।

उक्त पुल २०७४ सालसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७१ सालमा शिलान्यास गरिएको थियो। तर समयमै काम नसकिएपछि निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०७८ सालको असार मसान्तसम्मलाई सारिएको थियो। पुल करिब २१ करोड रुपैयाँको लगानीमा बन्दै थियो।

त्यस्तै सडक डिभिजन कार्यालय भरतपुरले पुल भत्किनुको कारणबारे अध्ययन सुरू भएको जनाएको छ। प्राविधिक समितिले पुल भत्किनुको कारण बारे अध्ययन गरिरहेको बताइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट