बिहिबार, बैशाख ९ २०७८

कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा


  • नेपालदीप
  • मंगलबार, चैत्र २४ २०७७
1.1K
SHARES

सुर्खेत। कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

सामूहिक राजीनामा दिनेहरुमा एमालेका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष दिएका हुन् ।

आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले आफूहरुले सामूहिक राजीनामा दिएको पुष्टि गरेका छन् ।

कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट