शुक्रबार, बैशाख १० २०७८

एमाले प्रवेश गरेको महिना दिन नपुग्दै किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा


  • नेपालदीप
  • मंगलबार, चैत्र २४ २०७७
1.3K
SHARES

काठमाडौं।  एमाले प्रवेश गरेको एक महिना नबित्दै व्यवसायी किशोर प्रधानले सरकारी नियुक्ति पाएका छन् । १८ दिनअघि एमाले प्रवेश गरेका प्रधानलाई सरकारले नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ ।

नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

उनको कार्यकाल ४ वर्षको हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी चैत ६ मा एमाले प्रवेश गरेका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट