बिहिबार, बैशाख ९ २०७८

राइस कुकरभित्र सुन लुकाएर ल्याउने व्यक्ति पक्राउ


  • नेपालदीप
  • बुधबार, चैत्र २५ २०७७
1.1K
SHARES

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना पक्राउ परेका छन्।

मंगलबार राति दुबईबाट आएका धनुषाका प्रकाश महरालाई भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरिएको थियो ।

उनीबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको प्रहरीले जानकारी दिएको छ । त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट